आज :

पाँचौं बकैया कप फुटबल प्रतियोगिता भोलिदेखि

  • अनलाइन डबली

काठमाडौं । पाँचौं बकैया कप फुटबल प्रतियोगिता भोलिदेखि मकवानपुरको बकैयामा सुरु हुँदैछ ।

बकैया खेलकुद विकास समितिको आयोजनामा बकैया गाउँपालिका–३  स्थित बकैया रंगशालामा हुने खेलको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा सिनियर र जुनियर टिमबीच फरक–फरक प्रतिस्पर्धा गराइने जनाइएको छ । यस वर्षको उपाधि वजेता जुनियर टिम आगामी वर्षमा सिनियर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम कमजोर टिम जुनियर टिममा घटुवा हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ । फाइनल खेल पुस २९ गते हुनेछ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal