
काठमाडौँ । रातिदेखि देशका पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद् प्रतिभा मानन्धर मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सरिरहेकाले सो क्षेत्रमा लगातार जसो ठूलो पानी पर्ने
छ ।
मौसमविद् मानन्धरले लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको बताइन् । सुदूरपश्चिमका केही ठाउँमा अहिले हल्कादेखि मध्यमखालको पानी परिरहेको र दिउँसो पछि भने ठूलो पानी पर्ने सम्भावना छ ।
अबको तीन दिन नै लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै भोलि लुम्बिनी, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश–१ मा र पर्सि कर्णाली प्रदेशमा पनि ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
वाग्मती प्रदेश र प्रदेश नम्बर २ मा भने आज र भोलि हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै मौसमविद्ले बाढी पहिरोको जोखिम धेरै रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।