आज :

पत्रकार माथि आक्रमण गर्ने, धम्क्याउने र नियोजित समाचार बनाउन थ्रेट गर्ने क्रम  बढ्दो : आनन्द श्रेष्ठ

  • अनलाइन डबली

रामेछाप । वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले अहिले राजनीतिक दल, नागरिक संगठन र व्यवस्था प्रति नै आक्रमणको प्रयास भएको बताएका छन् ।

बुधबार प्रेस चौतारी नेपाल रामेछापले सो संगठनबाट केन्द्र र प्रदेशमा निर्वाचित भएका पत्रकारलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले व्यवस्था माथि नै नियोजित आक्रमण भइरहेको बताए । सामाजिक सञ्जालको दुरुपयोग गरी केही स्वार्थ समूहले समाज भड्काउने प्रयत्न गरेको उनको भनाइ छ ।

यसबाट देशलाई जोगाउन सचेत नागरिक लाग्नु पर्नेमा उनले जोड दिए । ‘समाजलाई प्रभाव पार्ने गरी केही मानिसहरू लागेका छन्, यसलाई पत्रकार र सचेत नागरिकले चिनु पर्छ, यसो गर्न सकिएन भने, राजनीतिक दल, व्यवस्था र राज्य नै कमजोर हुन्छ र प्राप्त उपलब्धि खतरामा पर्दछ’, उनले भने ।

डिजिटल प्लेटफर्मको दुरुपयोगका कारण अहिले पत्रकारिता क्षेत्र पनि निक्कै समस्यामा परेको उनले बताए । सामाजिक सञ्जालमा व्यक्तिले लेखेका कुरा, फैलाइएका अफवाह र समाज भड्काउने अभिव्यक्तिलाई पनि समाचार मान्न लाग्दा सञ्चार क्षेत्र र सञ्चारकर्मी समेते समस्यामा पर्न लागेको उनको भनाइ छ । यसले समाज भड्किने र पत्रकारिता क्षेत्र समस्यामा पर्ने उनले बताए ।

राजनीतिक दल भित्र पनि विभिन्न स्वार्थ समूहको चासो बढ्दै गएकोले त्यसबाट जोगिनु पर्ने उनको धारणा छ । पत्रकारलाई दबाब र प्रभावमा पारेर त्यस्ता मानिसहरूले चर्चामा आउने प्रयास गरिरहेको उनले बताए । ‘स्वतन्त्र रूपमा लेख्ने पत्रकारिताको धर्मलाई चुनौती दिँदै नियोजित रूपमा पत्रकार माथि आक्रमण गर्ने, धम्क्याउने र नियोजित समाचार बनाउन थ्रेट गर्ने क्रम बढ्दो छ’, उनले भने ।

यसबाट देश र पत्रकारिता क्षेत्रलाई जोगाउनु आजको चुनौती भएको श्रेष्ठले बताए । पत्रकारिता क्षेत्र मजबुत नहुँदासम्म व्यवस्थालाई मजबुत बनाउने कुरा निक्कै चुनौतीपूर्ण रहेको बताउँदै श्रेष्ठले स्थानीय, प्रदेश र संघीय सरकाले यसमा ध्यान दिनु पर्ने बताए ।

पत्रकारिता क्षेत्रमा अहिलेको पुस्तालाई टिकाउन र नयाँ पुस्ताको आकर्षण बढाउन राज्यले विशेष कार्यक्रम ल्याउन पर्ने उनको धारणा छ । ‘अन्यथा यो क्षेत्रमा लाग्ने मानिसको सङ्कट पर्छ, पत्रकारिता क्षेत्र संकटमा पर्दा व्यवस्था नै संकटमा पर्छ’, श्रेष्ठले भने ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal