आज : २०८२ जेठ, ०१

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने

  • अनलाइन डबली
  • २०८१ जेठ १० गते   ०६:२८ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित नेकपा माओवादी केन्द्रको सल्यान–काठमाडौं सम्पर्क समितिको छैटौं भेलालाई सम्बोधन गर्दै मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर नीति तथा कार्यक्रम बनाएको उल्लेख गर्दै त्यही नीति तथा कार्यक्रममा टेकेर अगामि आर्थिक वर्षको बजेट निर्माणलाई तिव्रता दिइएको बताएका हुन् ।

उनले भने, ‘सत्ता साझेदारी हुनेबेला नै सत्ताधारी दलहरुले न्यूनतम साझा कार्यक्रम घोषणा भएको छ । सरकारको प्रतिवद्धता पनि त्यही हो । त्यसैले साझा कार्यक्रममा टेकेर सरकारले नीति तथा कार्यक्रम बनाएको छ । सरकारले अगामी आर्थिक वर्षको बजेट निर्माण पनि सोही अनुसार बनाउन तल्लिन छ ।’

बजेट आउन केही दिन मात्र बाँकी रहेको भएपनि प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अवरोधका कारण केही अप्ठ्याराहरु रहेको उनको भनाइ छ । ‘प्रमुख प्रतिपक्षी दलले गृहमन्त्री रवि लामिछानेको विषयमा केही कुरा उठाएको छ । त्यो कुराले निरन्तर संसद अवरोध हुँदै आइरहेको छ । तर प्रधानमन्त्री दाहालले बजेट संसदको नियमित अभ्यासबाटै ल्याउन इच्छुक रहनुभएको छ ।

सका लागि निरन्तर संवाद गरिरहनुभएको छ,’उनको भनाइ छ । आफूलाई सबैभन्दा ठुलो शक्ति भन्ने कांग्रेसले अरुका कुरा सुन्न नचाहने र राख्न नदिने अलोकतान्त्रिक काम गर्दै आएको मल्लको आरोप छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal