आज :

नेवार समुदायले आजबाट पाहाचर्हे पर्व मनाउदै

  • बुद्धशरण शाही

काठमाडौँ। नेवार समुदायले आजबाट पाहाचर्हे पर्व मनाउदै छ। उपत्यका अलग परमपरा सँस्कृति  बोकेको चाड मध्येमा प्रत्यक बर्ष चैत्र कृष्ण चतुर्थी देखि तीन दिन अस्तमात्रुका देबी को खत जात्रा गरि पाहाचर्हे पर्व मनाइने गर्द छ।
जाडो याम सकिए संगै सुख्खा गर्मि याम बाट हुन सक्ने संक्रमण र हावा हुरी पनि सुरु हुन लागेको सङ्केत स्वरूप भैपरिआउने संकट बाट मुक्त हुन घर वरपर सरसफाईका साथै घरको छत मर्मत गर्ने तथा दैवीप्रकोप बात सचेत रहने सुचना दिने  चाडको रुपमा पनि यो चाड मनाइने गर्द छ।
किम्बदन्ती अनुसार उपत्येकामा रहेका आठ अस्तमात्रुका मध्ये सबै दिदि बहिनिको जमघट भॊजमा जेठी दिदि इन्द्रायेनि सारै गरिब पुरानै लुगा र बिना गहना सो भॊजमा सरिक हुदा सबै बहिनि बाट हेपिएको र आफ्ना बच्चाहरुलाई समेत केहि खान नदिए को ले सारै चित्त दुखाएर फर्किने क्रममा भोको बच्चाहरुलाई ख्वाउन बाटोमा एउता फर्सी टिपी घरमा लागि उसिने छ, तर बच्चाहरु निदाई सके पछि त्यसै रहयो भोलि बिहान हुदा सो फर्सी पुरै सुनमा परिणत भए पछि अर्को बर्ष त्यसै गरि भॊजमा सरिक हुँदा आफुलाई भिन्नै सत्कार पाए छ। सुनका गरगहना तथा नयाँ लुगामा लुटी अजिमालाइ दिदि बहिनीले चौरासी व्येंजन बाट स्वागत गरे पछि आफु र बच्चाहरुले सो व्येंजन सबै आफ्नो गहना र वस्त्रमा दले पछि
आस्चार्ये चकित हुदै बहिनिहरुले सोधे ”किन येसो गरेको ”भन्दा जवाफमा भने ”तिमीहरु मलाइ सम्मान गरे होइन यो गहना र वस्त्रलाई पो सम्मान गरे हो त्येसैले यसै लाइ ख्वाएको ” भनी फर्के त्यसैले इन्द्रायेनि को जात्रा छुट्टै यो जात्रामा नपरी बालाचतुदशिका दिन गरिन्छ भने बाकि भद्रकाली ,स्वेताकाली , महालक्ष्मि चामुण्डा लगाए का देवताहरु को तिन दिन खट जात्रा गर्ने परम्परा रहीआएको छ। जात्राको अन्तिम दिन असन स्थित तस्बिरमा सबै भन्दा कान्छी (रातो) कन्केस्वरीले आफ्नो दिदि चामुण्डा ( निलो ) र भद्रकाली ( पहेलो ) लाइ परिक्रमा गरि समापन गर्ने गरिन्छ। यसलाई ख: ल्वाकेगु ( खत जुधाउने ) भनिन्छ।

 

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal