
काठमाडौं । नेकपा एमालेका पूर्व नेता माधव कुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेताहरु सनाखतको लागि निर्वाचन आयोजमा जाँदैछन् । निर्वाचन आयोगले दल सनाखतको लागि आज ११ः३० देखि २ बजेसम्म नेताहरु आयोग जाँदैछन् ।
नयाँ दल दर्ताका लागि दिएको निवेदनका अनुसार आयोगले आवश्यक संख्याको लागि नेताहरुको आफै आयोगमा उपस्थित हुन भनेको थियो । आयोगले ओलीले अध्यवधि गरेर पठाएको केन्द्रीय समितिलाई मान्यता नदिने भएको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई मात्रै मान्यता दिने आयोगले जनाएको छ । त्यही आधारमा नेताहरुको सनाखत हुने भएको छ ।
नयाँ दल दर्ता गर्नु अघि नै एमालेले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका ९ जनाको सनाखत नगर्ने बताइएको छ ।
त्यसैगरी आजै महन्थ ठाकुरको गठन भएको नयाँ दललाई पनि आयोगले सनाखतको लागि बोलाएको छ । आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेताहरु आयोगमै पुगेर सनाखत गर्नुपर्नेछ ।
ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरु पनि आयोग जाने तयारी गरिरहेका छन् ।
सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुवै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो । राजनीतिक दलसम्बन्धी व्यवस्थाअनुसार केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत प्रतिनिधित्व हुने गरी मात्रै दल विभाजन गर्न पाउने व्यवस्था रहेकोमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पु¥याएमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।