
काठमाडौँ । भाषा आयोगले नेपाल भाषालाई होच्च्याएको , अश्लिल शव्द प्रयोग गरि गिज्याएको ,पोडकास्टमार्फत् खिसीट्युरी गरी अपहेलना गरि भाषिक हिंसाजन्य आपराध गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
नेवार समुदायको छाता संगठन नेवा:दे दवुले पोडकास्टमार्फत् खिसीट्युरी गरी नेपाल भाषालाइ र लवजलाइ अपहेलना गरि भाषिक हिंसाजन्य आपराध गरेको ठहर गर्दै भाषा आयोगलाई कानुन बमोजिम कारवाही गर्न पत्र मार्फत जानकारी गराएपछि आयोगले आज नेपालभाषी वक्ता ( गायक कुमः सागर ) को लवजउपर सामाजिक सञ्चारको माध्यम पोडकास्टमार्फत् खिसीट्युरी गरी अपहेलना र मानमर्दनसमेत गरिएको बिषयलाई लिएर नेपालको प्रचलित कानुनको अधीनमा रही भाषिक हिंसाजन्य आपराधिक कार्य गर्ने कुनै पनि व्यक्ति वा संस्था जोसुकै भए तापनि त्यसउपर छानविन गरी आवश्यक कारवाही गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको हो।
नेपाल भाषा लवजलाइ होच्याएको बिषयमा नेवार समुदायका १५ जनाले कमेडियनहरू सजन श्रेष्ठ, सुशान्त प्रधान र उत्सव सापकोटाविरुद्ध काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका थिए ।निवेदनमा नेवार संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कार्वाहीको माग गरिएको छ ।
यस्तो छ आयोगको ध्यान आकर्षण र निर्णय पत्र –