
सुर्खेत, २८ चैत – नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले ‘वार्षिक क्यालेण्डर–२०८२’ सार्वजनिक गरेको छ। बिहीबार महासंघको प्रदेश कार्यालयमा आयोजित विशेष कार्यक्रममा उक्त क्यालेण्डरको विमोचन गरिएको हो।
कार्यक्रमको अध्यक्षता महासंघका प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले गर्नुभएको थियो भने सञ्चालन महासचिव खगेन्द्र भट्टराईले गर्नुभएको थियो।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, महासंघका सल्लाहकार देवीराम देवकोटा, प्रेस चौतारी कर्णाली प्रदेशका पूर्व अध्यक्ष प्रकाश अधिकारी, प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुबन बिसी, पत्रकार महासंघ सुर्खेतका कार्यवाहक अध्यक्ष सुशील खड्का लगायत कर्णालीका क्रियाशील पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
महासंघले उक्त क्यालेण्डर कर्णाली प्रदेशभित्रका दशवटा जिल्ला शाखा तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूलाई निःशुल्क वितरण गर्ने जनाएको छ।
यस क्यालेण्डर प्रकाशनले पत्रकारिता क्षेत्रमा थप सृजनात्मकता र पहिचान दिलाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।