
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समितिले अधिवक्ताहरुलाई सम्मान गरिहरेको छ । पार्टीमाथिको प्रतिवन्धका क्रममा आफ्ना नेता कार्यकर्ता रिहाईका लागि अदालतमा बहस गर्ने अधिवक्ताहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
राजनीतिक आस्थाकै कारण सरकारले विभिन्न ठाउँबाट नेकपाका नेता कार्यकर्तामाथि झुटा मुद्धा लगाउँदै गिर फ्तार गरेको थियो । अदालतले रिहाईको आदेश गर्दा पनि नेकपा नेता कार्यकर्ताहरुलाई विभिन्न जिल्लामा पुर्याइएको थियो ।
कार्यक्रममा नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, चुडाबहादुर निरौलालगायत अधिवक्ताहरुलाई सम्मान गरेका छन् ।
हिजोमात्र नेकपा नेता भरत बम रिहा भएका थिए । प्रहरीले २८ महिना प्रहरीले बाँकेबाट गिर फ्तार गरेर विभिन्न जिल्लामा घुमाउँदै अहिले केन्द्रीय कारागार सुन्धारामा राखिएको थियो । तुलसीपुर उच्च अदालत नेपालगंज इजलासले बमलाई रिहा गर्ने आदेश गरेको थियो ।
बहस गरेर आफ्ना नेता कार्यकर्ता रिहा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं पार्टीले सम्मान गरेको बुझिएको छ