आज :

दुर्गा प्रसाईँलाई काठमाडौँ ल्याइयो, ज्यान मार्ने उद्योग र संगठित अपराधको मुद्धा

  • अनलाइन डबली

काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईँलाई जहाजमार्फत काठमाडौँ ल्याइएको छ । राज संस्थाको माग गर्दै तीनकुनेमा गरेको प्रदर्शनपछि फरार प्रसाईँले भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताएका थिए ।

भारतीय प्रहरीको सहयोगमा प्रसाईँलाई शुक्रबार विहान झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइएको हो । काँकडभिट्टा नाकामा प्रसाईँका समर्थक भेला भएपछि भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

सुरक्षा स्रोतका अनुसार उनलाई शुक्रबार बिहान प्रदेश नम्बर १–०१–००२ च ३७९३ गाडीमा भारततर्फबाट नेपाली क्षेत्रमा ल्याइएको थियो । बिहान १० बजेर ७ मिनेटमा उनलाई सीमा क्षेत्रमा ल्याइएको बताइएको छ । तर, प्रहरीले भने उनलाई शुक्रबार नै भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ । यसअघि प्रसाईंको सचिवालयले उनले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको थियो ।

नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने गरिँदै आएको छ ।

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईँलाई ज्यानमा मार्ने उद्योग, राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा छानबिन थप अनुसन्धान गर्ने प्रहरीले तयारी गरेको छ ।

प्रसाईँलाई आजै म्याद थप गरिने समेत बताइएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal