आज :

दार्चुल, कञ्चनपुर र डोटीमा गरी तीन जनाको बेबारिसे अवस्थामा शव फेला

धनगढी । एकै दिन सुदूरपश्चिमका विभिन्न स्थानमा तीन जनाको व्यबारिसे शव फेला परेका छन् । दार्चुला, कञ्चनपुर र डोट‍ीमा एक एक जनाको व्यवारिसे अवस्थामा शव फेला परेका हुन् ।

प्रहरीका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वर बजारतर्फ सडक किनाराको नालीमा एक पुरुषको शव फेला परेको छ । मंगलवार बिहान ८ बजे स्थानीयले प्रहरीलाई खबर गरे पछि ईप्रका गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्रसिह साउँद नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो ।

ती पुरुष  बैतडीको डिलाशैनी गाउँपालिकाको गन्ना घर भएका गोबिन्द घरेडीको भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ । आफन्त नआउदासम्म शव उनकै हो भन्न नसकिने प्रहरीले बताएको छ । शवको छेउमा खसेको मोबाइलबाट सम्पर्क गर्दा उनका भतिज महेश घरेडीलाई सम्पर्क भएको छ ।

प्रहरीका अनुसार घटना प्रकृतिले भिररबाट लडेको जस्तो देखिएको भएपनि शरिरमा कुनै पनि घाउ चोट लागेको छैन ।

त्यसैगरी डोटीको दिपायलस्थित सेती पुल नजिक एक वृद्धको शव फेला परेको छ । उनी दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद रहेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीका अनुसार मजदुरी गरेर पेट पाल्दै आएका साउद मंगलवार बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेका थिए । घर परिवारका सदस्य समेत कोही पनि नभएका मृतक साउदको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

ह‍िजो मात्रै कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिकासँग जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जको जंगलमा नेपाली महिलाको शव फेला परेको थियो । प्रहरीका अनुसार भारतीय एसएसबीको टोलीले दिउँसो १ बजे ५५ बर्षको नरुदेवी कठायत नाम लेखेको डायरी र बेवारिसे शव फेला पारेको थियो ।

महिलाको साथमा रहेको डायरीमा पतिको नाम राजेन्द्र सिंह कठायत लेखेको प्रहरीले बताएको छ । उनको शव सडेगलेको अवस्थामा फेला परेकाले पहिचान गर्न नसकिएको प्रहरीले बताएको छ । शवलाई भारतीय एसएसबिले पलिया लगेको छ ।

  • फोटोः मानसखण्ड

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal