आज :

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण रोक्न सर्बोच्चको अल्पकालीन अन्तरिम आदेश

  • अनलाइन डबली

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको हो ।

दाएर भएको निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने भन्दै न्यायाधीश सुवेदीको इजलासले २६ चैतमा दुवै पक्षलाई चैत्र २६ गते झिकाएको छ ।

यामबहादुर लिम्बु लगायतले पाथिभरामा केवलकार निर्माण गर्न नहुने भन्दै निर्माणको निर्णय र त्यससँग सम्बन्धित सबै काम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal