आज : २०८१ चैत्र, २२

“ तमु ल्होछार ” बुद्ध महापरिनिर्वाण नजिकिदै जाँदा पहिलोपल्ट दर्शनमा पुगेका जनावरको नाउँमा नयाँ वर्ष

  • बुद्धशरण शाही
  • २०७९ पौष ११ गते   ०६:२४ बजे

पदम श्रेष्ठ – 
पुस १५ वर्षको सर्वाधिक छोटो दिन र लामो रातलाई गुरुङ समुदायले तमू ल्होछारको रुपमा मनाउँछन् । तमू ल्होछार तिथियुक्त नभएकोले जन्ममृत्यु कर्मकाण्ड गणना गर्न नमिल्ने भएपनि गुरुङग समुदायले यस दिनलाई नयाँ वर्षको रुपमा मनाउँदै आईरहेको युगौ अगाडिदेखि हो । श्रङ्चङ्गम्पोको तिब्बतमा उदयसँगै उनले भाषा, लिपि ,धर्म, संस्कृतिक अभियान थाल्दा नेपाल, भारत र तिब्बतका विद्धान् भेला भई महिनाभर हर्षोल्लासपूर्वक ल्होछार मनाएको भनिएतापनि तमु ल्होसार चाहि बर्षको सर्बाधिक लामो रात र छोटो दिनका रुपमा मनाउदै आईरहेकोले यो पर्व समयकाल अनुरुप मनाउने गरिएको बताईन्छ । छुटटा छुटटै महिना तर ल्होसारको नाउँमा पर्व मनाउने परम्परालाई तमु ,सोनाम र ग्याल्वो ल्होसारका नाउँमा मनाईन्छ ।
. माघ शुक्ल प्रतिपदादेखि शुरू हुने सोनाम (जनता)ल्होछार तामाङ समुदायले मनाउँछन् ।
. एक महिनापछि राजाले समापन गरेको दिनलाई ग्याल्बो ल्होछार भनी शेर्पा समुदायले मनाउँछन ।
शाक्यमुनि गौतम बुद्धभन्दा अगाडिको बुद्ध महापरिनिर्वाण हुन लाग्दा जुन–जुन जनावर पहिलोपल्ट दर्शनमा पुगे उसैको नाउँमा वर्षको नाउँ राखिएको बताइन्छ । तर २८४४ वर्षअघि महामञ्जुश्रीले तिथि गणना ज्योतिष शास्त्रअनुरूप गरिएको हुँदा माघ प्रतिपदाका दिन मनाइने लाई सोनाम ल्होछार भनिएको भन्नेहरुको जमात बढी पाईन्छ ।
ल्होछार नेपाल, चीन, तिब्बत, भारतको लद्दाख, मङ्गोलिया, जापान,कोरिया, हङ्कङ, भियतनाम, लाओस्, थाइल्यान्ड, ताइवान, मलेरिया, सिंगापुरआदि मुलुकमा मनाइन्छ । नेपालका तामाङ, गुरुङ, शेर्पा, ह्याल्मो, मनाङे, डोल्पाली, तोप्केगोला, सिङ्सा, ताङ्वे, थकाली, खाममगर, दुरा, भोटे, नेस्याङ्वालगायतले ल्होछारलाई नयाँ वर्षका रूपमा मनाउँछन् । बुद्धको महापरिनिर्वाण हुनुअघि संसारका प्राणीलाई भेला गराई धर्मदेशना दिंदा जीवा (मुसा), लाङ (गोरु), ताग (बाघ), योअी (खरायो), ड्रग (ड्रागन), डुल (सर्प), ता (घोडा), लुग (भेडा), टेप्रे (बाँदर), ज्या (डाँफे), खी (कुकुर) ,फागु (सुँगुर) क्रमशः भेला भएको भनाई छ ।

तमु ल्होछार वा लोसार मनाउने तरिका–

खेला, वेनेला, नाम्दुङला, दुगुला, डोवाफ्रेला, ब्याल्बोला, गोनेला,,यान्देला, म्हेनीङला, सोकरातीला, बोअीतापाला, तापाला
गरी १२ महिना नाउँमा पुकारिने ल्होसार एक महिनाअघि वर्ष दिनभित्र नसकिएका काम पूरा गर्न,अप्रिय घटना नदोहोरियून् भनी प्रार्थना, गाउँ–टोल, बाटोघाटो, आँगन,चौतारा, पानी–पँधेरो, गोठआदि सफा, मर्मत गर्ने गर्दछन् । खेतीपाती राम्रो होस् भनी बीउ विजन पानीमा भिजाई जमरा राख्ने र पुरानो वर्षको अन्तिम दिन गुम्बामा दीपावली हुन्छन् । लामा गुरुबाट मारमाथि विजय प्राप्तिका लागि मुकुण्डो नृत्य, टुसा आएको जमरा राखी गुम्बामा बुद्धलाई चढाउने, भोज खाने गर्दछन् भने वर्षको अन्तिम रात ११ बजे नराम्रा कामका प्रतिक ल्होकोर च्युङ्बी बनाएर मन्छाउने गर्छन् । नयाँ वर्षको दिन घरमूली जेठोबाठोले बिहान सवेरै नुहाएर घरमा भएको लाखाङ (छ्योअीखाङ) बुद्धको कुथाङका चोखो पानीले पूजा गर्दछन् । सो पूजामा फलफूल, कन्दमूल उसिनेको आलु, भ्याकुर, तरुल, खाप्से गेङ्ग बाबर, गेड्ढ (एक प्रकारको रोटी) पक्वान्न राखी साङसेरग्याम भगवान् र पुर्खालाई धन्यवाद चढाउँन भूमिपूजा, प्रीतिभोज गरी मनाउँछन् ।
ल्होछारमा प्रयोग हुने खाद्य परिकार
१)दुची (दुइचे). डारसुम ः चिनी, सख्खर, मह तीन प्रकारको गुलियो मिलाएको सर्वत ।
२)कारसुम. दुध, दही, नौनीघिउ तीन प्रकारको सेतो पोषिलो खाद्य मिसाएको परिकार ।
३)सेरसाङ.ः फलाम, तामा, सुन, चाँदी पवित्र रत्न पखालेको पानी ।
४)छेमार (फेम्बर) ः दुइचे (दुची)को आधा भागमा मकै, गहुँ वा चामलको सातु डल्लो ।
५)खाप्से.ः गहुँ, जौ, चामल वा पीठो, चिनी, घिउसँग मुछी विभिन्न आकृतिको परिकार
६)बल्डु. सकेसम्म तीते फापर,नभए फापर, कोदोको पीठो मुछेर पकाएको पानीरोटी
७) कन्दमूल. तरुल, भ्याकुर, वनतरुल, सखरखण्ड आदि ।
८)फलफूल. सुन्तला, बदाम, नरिवल आदि ।
९) मासु. राँगा, सुँगुर गाई, गोरु, कुखुरा ।
१०) गुथग्पा. नौ थोक मिलाएको खाना,जुन खानाभित्र भाग्य चिन्ने शुभ चिह्न राखिन्छ । जस्तै– गोल, खुर्सानी । यसरी सबै ल्होसारबादीहरुले मनाउने तरीका ,खाने परिकारहरु र हिमाली तिव्बती समुदाय संग नजिकको सम्बन्ध रहेरपनि एकै समयमा एक साथ मनाउन नसक्दा बिशेष गरी नेपालमा वर्षको तीन पल्ट विदा गर्नु पर्ने बाध्यता एका तर्फ छ भने अर्को तर्फ ल्होसारलाई पनि सर्वजनिक सरकारी पत्रचार ,संचार र कार्यालयहरुमा दस्ताबेज बनाउन नसकिएको ल्होसारबादीहरु आफैं भन्न थालेका छन् । तमु गुरुङ ,शेर्पा वा तामाङलगायतका युवा समुदायहरु ल्होसार एकताबद्ध भई मनाईनु पर्नेमा कृया अन्र्तकृया अगाडी बढाई रहेतापनि सफल हुन सकिरहेका छैनन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal