आज :

जनकपुरमा फागुन १७ गतेदेखि चौथो अन्तर स्कूल क्रिकेट प्रतियोगिता हुने

  • अनलाइन डबली

जनकपुर । जनकपुर स्पोट्र्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा चौथो अन्तर स्कूल क्रिकेट प्रतियोगिता यही फागुन १७ गतेदेखि जनकपुरधामको रंगभूमि मैदान (बरहबिघा) मा आयोजना हुने भएको छ ।

उक्त प्रतियोगितामा कुल १६ समूहको सहभागिता रहनेछ । पहिलो र दोस्रो राउन्ड नकआउट प्रणालीमा खेलाइनेछ भने अन्तिम राउन्ड लिग आधारमा हुनेछ । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, विकेटकिपर, फिल्डर तथा म्यान अफ द म्याच लगायत विभिन्न विधामा खेलाडीहरू पुरस्कृत गरिने आयोजक समितिका सदस्य प्रशान्त अरविन्दले जानकारी दिएका छन् ।

यस प्रतियोगिताले विद्यार्थी क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । खेलको विजेता टिमलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने मुख्य आयोजक न्यू भिजन नेपालका अध्यक्ष एवम प्रतियोगिता व्यवसथापक अम्बु प्रसाद साहले जानकारी दिए ।

साथै उनले प्रतियोगीता हेर्न क्रिकेट संघका पदाधिकारी पनि आउने हुनाले आगामी दिनमा राष्ट्रिय स्तरको खेलका लागि छनोट हुने खेलाडीमा प्रतियोगीतामा अब्बल हुनेहरुले ग्राहिता पाउने जानकारी दिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal