आज :

गायक पुरुषोत्तमको ‘सुथसिया निभाः’सार्वजनिक ( भिडियो सहित )

  • बुद्धशरण शाही

काठमाडौँ  । गायक पुरुषोत्तम श्रेष्ठको नेपालभाषाको गीत ‘सुथसिया निभाः जुयाः’ सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपालको पहिलो चलचित्र ‘आमा’की आमा वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंहले उक्त गीत सार्वजनिक गरिन् । कन्फराक्टीभ मिडिया सोलुसनबाट आयोजित कार्यक्रममा वरिष्ठ अभिनेत्री सिंहले उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिन् ।

 

कार्यक्रममा वरिष्ठ अभिनेत्री सिंहले अहिले नेवाः कला क्षेत्र पनि व्यापक बन्दै गएको भन्दै खुसी पोख्दै म्यूजिक भिडियोमा आफुले कलाकारहरुकै पीडा देखेको बताइन् । वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले कार्यक्रममा सार्वजनिक गरिएको म्यूजिक भिडियाका निर्देशक बिराजकाजी राजोपाध्यायले आफुसँग करीब २५ वर्ष अघि नेपाल टेलिभिनजमा हसना कार्यक्रममा आफुसँग सहकार्य गरेको स्मरण गरे । ‘करीब २५ वर्ष अघि हामीले हसना कार्यक्रम चलाउँदा नेपालभाषाका म्यूजिक भिडियोहरु खासै बन्दैनथियो । अहिले दिनकै जसो नेपालभाषाका नयाँ नयाँ म्यूजिक भिडियोहरु रिलिज भइरहँदा खुसी लाग्छ’ वरिष्ठ सिने पत्रकार तुलाधरले भने । वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठले आफुले म्यूजिक भिडियोको पात्रमा आफैलाई नै पाएको बताए । ‘एक समय म आफैं सडक दुर्घटना भएर हिँड्न नसक्ने अवस्थामा घर बस्नुपरेको थियो । यो म्यूजिक भिडियोको कथावस्तुमा मेरो त्यहि अवस्था पाएँ, मैले आफैंलाई यसमा देखें’ श्रेष्ठले भने ।

त्यसैगरी वरिष्ठ गायक जुजुकाजी रंजित, वरिष्ठ संगीतकर्मी बुद्ध सायमिले एउटा राम्रो गीत र म्यूजिक भिडियो बनेको भन्दै कलाकारिता क्षेत्रमा निरन्तरता दिन गायक श्रेष्ठलाई आग्रह गरे । म्यूजिक भिडियो निर्देशक बिराजकाजी राजोपाध्यायले आफुले करीब १५ वर्ष पछि म्यूजिक भिडियो निर्देशन गरेको र यो भिडियो सम्पूर्ण कलाकारहरुप्रति समर्पित गरेको बताए । ‘दुर्घटना लगायत विभिन्न कारणले कलाकारहरु शारिरीक मानसिक पीडाको अवस्थामा बस्नुपर्ने अवस्था होला । त्यस्तो अवस्थामा कलाकारलाई आवश्यक साथ सहयोग हामीले नै दिने हो । यो गीत त्यस्तै सम्पूर्ण कलाकारहरुमा समर्पित छ’ निर्देशक राजोपाध्यायले भने । गायक पुरुषोत्तम श्रेष्ठले एकदम मिहिनेत गरेर राम्रो गीत बनाउन प्रयास गरेको बताउँदै साथ सहयोगको लागि सबैमा अपिल गरे ।

गायक श्रेष्ठकै युट्युब च्यानल पुरुश्रेष्ठमार्फत सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियोको छायाङ्कन र दृश्य सम्पादन पूर्ण महर्जनले गरेका छन् ।

म्यूजिक भिडियोको निर्देशनको साथै रचना बिराजकाजी राजोपाध्यायको रहेको छ । म्यूजिक भिडियोमा गायक श्रेष्ठको साथमा उनकै अर्धाङ्गिनी रन्जु श्रेष्ठले अभिनय गरेका छन् । संगीत सुमन कपालीको रहेको छ ।

भिडियो हेर्नु होला –

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal