आज :

गलाभरी माला लगाउन पाए भन्दैमा यस्तो काम गर्न मिल्छ र मन्त्रीज्यू ?

उपत्यकामा मात्रै नभई बाहिरी जिल्लाहरुमा थोत्रा गाडीहरु धुवाँको मुस्लो फालेर गुडिरहेका छ । तीन दशक पुग्न लागेका सार्वजनिक सवारीहरु बिना केही रोकतोक बाटोमा गुडिरहेको पाइन्छ । त्यस्ता कबाडी गाडीका कारणले प्रदुषण ह्वात्तै बढेको छ । जसको कारण मआम नागरिक विभिन्न रोगको शिकार बन्न पुगेका छन् । आँखा चिलाउने, रुघाखोकी लाग्ने, श्वास प्रश्वासमा गाह्रो हुनेजस्तो समस्या देखापर्छ । पुराना गाडीको धुँवाले गर्दा वायुमण्डल पुरै ढाकिएको छ । यता, काठ्माडौं प्रदुषित मुलुकमा पर्न गएको छ । त्यसैगरी, कबाडीमा बेच्नुपर्ने खालका गाडीले ट्राफिक जाम पनि अस्तव्यस्त बनेको छ । थोत्रा गाडीमा यात्रा गर्दा कतिखेर दुर्घटनामा परेर मर्ने हो यसको टुंगो छैन् । न यात्रुले पैसा तिरेर सेवासुविधा नै पाएका छन् ।

अहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव र यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले यातायात ऐन नै परिवर्तन गर्न लागेका छन् । यातायात व्यवसायीको दबाब र आर्थिक प्रलोभनमा परेर यातायात ऐन परिवर्तन गर्न लागेको कुरा प्रष्ट बुझिन्छ । पुराना गाडी चलाउदा दिदाँ वर्षेनि दुई हजारभन्दा बढी यात्रुहरु सवारी दुर्घटनामा परेर मरिरहेका छन् । यत्रो मान्छे मरेको देख्दादेख्दै पनि यातायातमन्त्री र महानिर्देशक किन ऐन परिवर्तन गर्नतिर लागेका हुन् ? अहिले चर्चाको विषय बनेको छ । वर्षेनि दुई हजारले ज्यान गुमाउनुलाई वेवास्ता गरेर यातायात ऐन नै परिवर्तन र्न खोज्नुमा उनीको केही व्यक्तिगत स्वार्थ भएको देखिन्छ ।

यता, २० वर्ष पुगेका गाडीहरुको म्याद थप्नका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले प्रदेशको यातायातमन्त्री घनश्याम दाहाललाई गलाभरि माला लगाइदिए । त्यस्तै, संघी यातायातमन्त्री रेणुकुमारी यादव र गृहमन्त्री बालकृष्ण खाँणले पनि कार्यक्रममा पुगेर गलाभरि माला लगाए । यातायात व्यवसायीले आफ्नो माग पुरा गर्न गलाभरि माला लगाइदिए । यता, मन्त्रीहरुले माला थापे, सर्वसाधारणको विषयमा सोच्दैनसोची भाषण गरी फर्किए ।

सरकारले खारेज गरेको महासंघको महाधिवेशन सम्भव छ ? केपी ओलीको सरकारले २०७५ वैशाख ४ गते संस्था ऐन २०१८ मा दर्ता भएको यातायात व्यवसायी राष्ट्रिय महासंघ र २०३४ मा दर्ता भएको यातायात समिति खारेज गर्ने भनिसकेको छ ।

२०७५ वैशाख २४ गते यातायातमन्त्री रघुवीर महासेठले एउटा गाडी हुने घरेलु र पाँचवटा गाडी हुने कम्पनीमा गएर दर्ता गरेर चलाउने निर्णय गरेको छ । २०७६ जेठ १८ भन्दापछि घरेलु र कम्पनीमा गएर पञ्जीकरण नभएका गाडीको रोडपरमिट र दर्ता खारेज गरिदिने भनिएको छ । कम्पनी ऐन २०६३ को दफा ९ मा एकसय एक मात्र सदस्य राख्न पाउने उल्लेख छ । तर, एउटै समितिमा तीन हजारभन्दा बढी गाडी भएकाले यातायात व्यवसायीले ऐन संशोधन गर्न माग राख्दै आएका थिए । २०७५ फागुन १९ गते राष्ट्रपतिले तीन महिनासम्म एउटै कम्पनीमा जतिपनि गाडी राख्न दिनेभनि हस्ताक्षर गरे । त्यसपछि एउटा कम्पनीमा एकसय एक मात्र गाडी राख्ने भनिएको थियो । तीन महिनापछि पुरानै ऐन कार्यान्वयनमा ल्याउने निर्णय भएको थियो ।

तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ न कम्पनीमा गएको छ । न यो महासंघसंग गाडी नै छ । खारेज भइसकेको महासंघको कार्यक्रममा गएर गलाभरि माला लगाउनु मन्त्रीहरुलाई शोभा दिन्छ । विगत चार दशकदेखि यातायात व्यवसायीले राज्यलाई राजस्व बुझाएका छैनन् । ११ लाख यात्रुवाहक, ढुवानी र मिटरवाहक गाडी गरेको उनीहरुको १७ खर्ब लगानी छ । लगानीको मात्र नभई दैनिक कमाइको समेत उनीहरुले राजस्व तिरेका छैनन् । एउटा भाडाको गाडीमा यातायात व्यवसायीको १० देखि ८० लाख लगानी छ । त्यसले दैनिक तीनदेखि ५० हजारसम्म आम्दानी गर्छ, यसको पनि राज्यले राजस्व पाएको छैन् ।

सरकारले घरेलु र कम्पनीमा लैजाने निर्णय गर्नेबित्तिकै यिनीहरु राजस्व तिर्न बाध्य भए । लगानी र दैनिक नाफाको कर तिर्नैपर्ने भयो । योबाट सरकारलाई फाइदा भइरहेको छ । जसका कारण यो महासंघ फेरिपनि व्युतिन खोज्दै छ । कम्पनीको महासंघ भन्ने हो भने उद्योग मन्त्रालयमा दर्ता भएको छैन् । तापनि, यस्ताको महाधिवेशनमा गएर हाम्रा माननीय मन्त्रीहरुले भाषण गरे । कार्यक्रमको उद्घाटन गर्दा हामी जनतालाई नै हीनताबोध महशुस भयो । सरकारले खारेज गरेको महासंघको महाधिवेशनमा गएर माला लगाउदा अप्ठ्यारो लागेका मन्त्रीज्यु ? यहाँबाट के प्रष्ट हुन्छ भने हाम्रा मुलुकका मन्त्रीहरुलाई सामान्य ऐनकानुनको विषयमा पनि ज्ञान रहेनछ ।

सरकारको नितिनियम कुल्चिएर जे मनलाग्यो त्यही गर्ने छुट यिनीहरुलाई कसले दियो ? महाधिवेशनमा यातायात व्यवसायीले आफ्नो समस्या राखे । तर, आफ्नो कारणले यत्रो नेपाली सर्वसाधारण मरेको कुरा राखेनन् । आफुले यात्रुहरुलाई गुन्द्रक जसरी खाँदेको, दाउरा जसरी मिलाएको कुरा किन बाहिर ल्याएन् ? राज्यलाई राजस्व नतिरेको र यात्रुलाई सेवासुविधा नदिएको विषयमा किन कोही बोलेनन् ? बढी भाडा तिर्नपरेको बारे कसले बोलिदिने ? यातायात व्यवसायीले आफ्नो पक्षमा बोले । यता, मन्त्रीहरुले पनि यातायात व्यवसायीकै पक्षमा बोले ? जनताको कुरा उठाउने कोही पनि रहेनन् ।

ट्याक्सी मिटरमा नहिडेको, कालो र हरियो प्लेटको ट्याक्सीमा सिण्डिकेट छ भनेर मन्त्रीहरुले त्यतिखेर कुरा राख्नुपर्दैन् । नयाँ ट्याक्सीको दर्ता खोल्नुपर्छ, स्वदेशी र विदेशीलाई सेवा दिनुपर्छ भनेर बोल्नुपर्दैन् ? जनता ठगिएका, उभिएर यात्रा गरेका, सेवासुविधा नपाएकाजस्तो विषय त कसैले उठान गरेन् । यातायात व्यवसायीको निम्ति मात्र सरकारले मन्त्री बनाएको जस्तो देखियो । देश र जनताको निम्ति केही गर्न नसक्ने र चुइक्क नबोल्ने कदापि मन्त्री हुन् सक्दैन् । मन्त्री त सबैको साझा हुनुपर्ने होइन् र ? यातायात व्यवसायीले नभएका समस्या पनि बढाइचढाइ गरेर राखे । सबै मन्त्रीले भकाभक म हल गरिदिन्छु भनिदिए ।

यातायात व्यवसायीको कुरा सुनेर २० वर्षे गाडीको म्याद थपिदिए भने मुलुकमा रोगीको संख्या बढ्छ । ट्राफिक जाम थेगिनसक्नु हुन्छ । दुर्घटना परेर वर्षेनि हजारौ नेपालीजनताले ज्यान गुमाउने क्रम जारी नै रहन्छ । यातायात व्यवसायीले लगाएको एकाधिकार झनै बलियो हुदै जान्छ । यातायात व्यवसायीले आफुले गाडीमा गरेको लगानी तीनदेखि पाँच वर्षको अवधिमा उठाइसक्छन् । २० वर्ष चलाउदाखेरि एउटा गाडीको कमाइले अर्को पाँचवटा गाडी किनिसकेका हुन्छन् । सरकारले फेरिपनि २० वर्षे गाडीको म्याद बढाइदिने हो भने राज्य राजस्वविहिन बन्छ । ती गाडीको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न दिने हो भने गाडीको संख्या बढ्दैन् ।

एउटै व्यवसायीले कमाएको कमाएै अरुचाहि हेरेको हेप्यै । भाडाको गाडीको संख्या नबढेपछि उभिएर यात्रा गर्नुपर्ने बाध्यता छ । त्यसैगरी, जोखिमपुर्णयात्रा गर्नबाट यात्रुले कहिल्यैछुट्कारा नपाउने भए । यातायात व्यवसायीले बाटो कब्जा गरेर जनता लुटिरहेका छन् । अझपनि आफैले बाटो कब्जा गर्ने दादागिरी देखाउने यिनीहरुको मनशाय हो । अहिलेको यातायातमन्त्री र विभागको डिजीले यातायात व्यवसायीले जेजे भन्यो त्यही गरिरहेका छन् । एक वर्षमा दुईचोटि भाडा बढाइएको छ । नयाँ ट्याक्सीको दर्ता खोल्न यिनीहरुले चासो दिएको छैनन् । २० वर्षे पुराना गाडीको म्याद थप्ने प्रयास जारी छ । यातायात व्यवसायीले आफु मात्र व्यवसायी गर्न सरकारलाई अध्यारोमा राख्ने काम गरिरहेका छ । व्रिकम ट्याम्पोको सट्टापट्टामा माइक्रोबस ल्याए ।

जर्मनी मिनीबसको सट्टा बस र टु स्टक ट्याम्पो हटाएर माइक्रोबस र ट्याक्सी आयो । त्यसैगरी, २० वर्षे ट्याक्सी हटाएर त्यसको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ ट्याक्सी ल्याए । सट्टापट्टाको नाममा भन्सार छुटसहित गाडी ल्याउने, आफु मात्र कमाउने । एउटै व्यवसायीले ३८ वर्ष व्यवसायी गरिसकेका छन् । फेरिपनि सट्टापट्टा नै हो भने यसले ५८ वर्ष व्यवसाय गर्छ । भाडाको गाडी बढ्दैन तर जनसंख्या कहाँबाट कहाँ पुगिसक्छ । यातायात व्यवसायी र सरकारको मिलोमतोमा उभिएर यात्रा गर्नुपर्ने बाध्यता कहिल्यै नहट्ने भो । केही सिमित व्यक्तिको फाइदाका लागि नेपालीको बली चढाउने काम नगराऊ ।

२०७१ भदौ २६ गतेको मन्त्रीपरिषद्को बैठकले २० वर्षे सवारी विस्थापन गर्ने निर्णय गप्यो । सुशील कोइरालाको सरकारले गरेको निर्णय यातायात व्यवसायीका दबाबका बिच बल्लतल्ल २०७१ पmागुन १८ गते राजपत्रमा निक्लियो । २०७२ चैत १ गतेको मन्त्रीपरिषद्को बैठकले २०७३ फागुन १७ गतेदेखि बागमती अञ्चलमा २० वर्ष पुगेका गाडी चल्न नदिने घोषणा गरियो ।

२०७४ चैत १ गतेदेखि देशैभरि यो निर्णय लागु गर्ने भनियो । त्यो मितिमा २० वर्ष पुगेका गाडीहरु सरकारले हटायो । तर, गाडी त वर्षेपिच्छे २० वर्ष पुग्छ । त्यो मितिभन्दा पछाडि २० वर्ष पुगेका गाडीहरु हटेन् । २१ देखि २७ वर्ष पुगेका गाडीहरु बाटोमा गुडिरहेको छ । २० वर्षे गाडीको म्याद थप्नुहुन्न, विस्थापन गर्नेपर्छ । व्यक्तिगत स्वार्थभन्दा पनि जनता र राष्ट्रको हितमा सोचौं मन्त्रीज्यु ।

अनुसा थापा, भक्तपुर

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal