आज :

गणतान्त्रिक संघियता र माओबादी जनयुद्धले बनाएको दस्तावेज

  • अनलाइन डबली

बर्तमानमा राजनितिक नेतृत्व , जनअवधारणासमेत अनियन्त्रीत, अराजक मत्च्छे न्यायको शिद्धान्त अनुरुप अगाडी बढीरहेको देखिन्छ । कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर भनिएझैं ,देशमा कृषि उत्पादन ,जलस्रोतमा आत्मनिर्भर ,धार्मिक पर्यटनगरी स्वदेशमानै कसरी युवा शक्तिलाई काम दिन सकिन्छ भनेर राजनितिक पार्टीमा नेता जनतामा विचार विमर्श अन्र्तकृया हुनुपर्नेमा त्यसको ठिक विपरित ताई न तुँई संग राजाबादी कि गणतन्त्रबादी भनि सडक सडकमा नारा जुलुस गरी जनता भड्काउने काममा नेताहरु लागिरहेका देखिन्छ । यसको एउटै कारण तत्कालिन राजा , राजनितिक पार्टीहरु र १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन गरेर आएका विद्रोही शक्ति माओवादी विच विदेशी शक्त्तिको समेत समझदारीमा भएको सम्झौता नै हो भन्ने मेरो ठहर छ । यस सम्झौताले झण्डै पाँच हजार वर्ष भित्र राज्य चलाएका एक सय २७ बशंज राजतन्त्रलाई पाखा त लगाईयो तर निर्मुलै भने पार्न सकिएको स्थिति होईन थियो त्यो । फलस्वरुप अंजेरो ढुसी रुपि राजतन्त्र , हिन्दु राष्ट्रको भुतले टाउको उठाईरहेको पाईन्छ । हुन त एकल खस पहाडी बाहुन जातिय नश्लीय राजतन्त्र र हिन्दु राष्ट्रको भुतले तर्साइ मात्र रहने हो । मसानबाट उठेको भुतले राज्यनै गर्छ भन्ने कुरा चाहि स्वयम राजाबादीहरुमा पनि छैन । तर त्यो भुतले तर्साई रहनु वर्तमानमा राज्य सत्ताको वागडोर सम्हालेका वा पक्ष प्रतिपक्ष भनिएका नेताहरुले श्राद्ध राम्रो संग गर्न छोडी पितृलाई चढाएको पिण्डो नै खाने हानथाप गरेको कारण यस्तो स्थिति आएको हो । जसले जे भनेपनि देशी विदेशी शक्तिहरुको मिलिभगतमा षडयन्त्रमुलक ढङगमा राजा विरेन्द्र परिवारको वंशनाश नगरिएको भए नेपालमा गणतन्त्र कुनै हालतमा आउदैन थियो भन्ने आधार जनजनमा पाईन्छ भने जस्तै अब एकल खस ५ सरकार बाहुन ६ सरकारको जातिय भाषिक समुदायको राजतन्त्र र हिन्दुस्थानी राष्ट्रियताको पहिचान हिन्दु राजतन्त्र कुनैपनि हालतमा आउदैन भन्ने कुरापनि जनजनमा ब्यापक छ । तर हामीले के पनि भुल्नु हुदैन भने गणतन्त्र माओवादी पार्टीको अगुवाईमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको आधारमा टेकेरभएको भएपनि सिटटैंमा सामन्ती क्षेत्रीवाहुनको घर खेतमा काम गरिदिनुपर्ने आदिवासी जनजाति, पशुभन्दा पनि तल्लो दर्जाको नियति भोग्न बाध्य दलित समुदाय , पशुसरहको ब्यवहार भोग्न बाध्य महिला, विदेशी मुलको मानिस नेपाली नै नभएको अनागरिकको आरोप खप्न बाध्य मधेसी, मुसलमान, सनातनभाव भएका वैदिक , बुद्ध जन्मस्थल नेपालबाट बौद्ध भिक्षुहरुनै देश निकालामा परेका , विदेशी धर्मको आरोप खेप्न बाध्य क्रिश्चियन , श्रमजिवि किसान थारु कमैया, हरुवा, चरुवा,बँधुवा , वाध्यात्मक यौन ब्यवसाय अगाल्न विवस बादी , मानिस भएरपनि मान्छे भएर वाँच्न नपाएका तेस्रो लिङगी , काम गरेरपनि तलबै नपाएका उत्पिडित मजदुर ,वर्ग समुदायको एक्यवद्धतामा मात्र सफल भएको हो ।
जुन आन्दोलनलाई पिछडा वर्ग, भूमिहीन उत्पीडित सुकुम्बासी लगायतले आ–आफ्नो कोणबाट साथ दिएपछि झण्डै एकसय ५ वर्षपछि दोस्रो प्रयासमा संविधान निर्माण सम्पन्न हुन सकेको हो ।
जसले एकल हिन्दु खस ५ सरकार र बाहुन ६ सरकारको जातिय, भाषिक , धार्मिक संरचना ध्वस्त गर्दै १०२ जातजाति, १२२ भन्दा बढि भाषा–भाषी र बिबिध धर्मको साझा संघीय नेपाल निर्माणको मार्ग खुलेको थियो । जसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड , डा. बाबुराम भटटराई , मोहन बैद्य किरण जस्ता बाहुन थरका नेताहरुले गर्नुभएको थियो ।
तर यहाँ ब्राह्मणबाद भनिरहदा मात्र खस पहाडी थरका बाहुनलाई मात्र सोच्ने गलत मानसिकता बिकास भएको पाईन्छ । बास्तवमा ब्राह्मणबाद सबै जातिभित्र पाईने अमेरिकी साम्राज्यबादको घरेलु नाउँ हो भन्ने तथ्यलाई बुझ्नु पर्ने हुन्छ । जस्तै ः
१) ब्राह्मणबाद नेवार समाज भित्र स्यस्यःबाद अर्थात श्रेष्ठबादलाई लिन सकिन्छ । बहुसख्यक ज्यापु किसान , पोडे खड्गी ,कुश्ले समुदायमाथि राजसंस्थाको आडमा श्रेष्ठ भाईभारदारहरुलें अनेक तरहबाट स्वषण गरी दवाउने कार्य भएको थियो ।
२) थारु समुदाय भित्रै दारुखाने थारुलाई थारु खाने स्वजातिय थारु गच्छादार
,चौधरीहरु बाटैपनि दरवार प्रशासनको आदमा व्यापक स्वषण गरिदै आईरहेको थियो ।
३) किरातमा राईकरणको मारले स्वजातिय लामो समयसम्म प्रताडित भईरह्यो ।
दरवारका लागि किपट उठाउन खडा गरिएको राई पदको दुरुपयोग गरी
स्वजातिय स्वबासीलाई हुनसम्म स्वषण गर्ने ,जवर्जस्र्ती हिन्दुस्थानी राष्ट्रियताको
पहिचान हिन्दुलाई धर्मको रुपमा मान्नैपर्ने गराएको थियो ।
४) तामाङ ,गुरुङ ,शेर्पा , मगरमा पनि लामाबाद अर्थात मरेको लासलाई स्वर्ग
पुर्याईदिने नाउँमा चार दिन सम्म घेवा गराउने र भएभरको सिरिखुरी दान
गर्न लगाएर स्वषण गरिरह्यो ।
५) पिछडा वर्गमाथि मधिसे बाहुनको प्रताडना र दलित भित्रैपनि छुवाछुत तल्लो
जात ,माथिल्लो जातको भेदले प्रमाणित गर्दछ ।
६) अरु त अरु उत्पिडित भनिने दलित भित्रैपनि दमाई ,सार्की , बादी लगनयतका
समुदाय भित्रैपनि बिश्वकर्माबादले लामो समयसम्म स्वजातिय प्रताडित भैरह्यो ।

जुन भेद विरुद्ध माओबादी मात्र होईन , काग्रेंस ,कम्युनिष्ट , मधेसबादी पार्टी , नेपाल मजदुर किसान पार्टी जस्ता आदर्शबादी पार्टीका उत्पिडित नेता कार्यकर्ताको पनि एक्यवद्धता थियो । जुन जनयुद्धले सबै जातिय समुदायमा रहेको ब्राह्मणबादी कुसंस्कारलाई हटाउन चेतनशील बनायो भने तल्लो तहका जनसमुदायलाई जुरुक्कै उठायो र जल, जमिन, जंगल, जडिबुटी, खनिजमा आदिवासीय अग्राधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघले समेत आदिवासी आवाजलाई सम्बोधन गर्दै १३ सेप्टेम्बर २००७ मा महासन्धि पारित ग¥यो । पारित महासन्धीलाई ०६० फागुन १८ गते नेपालको संघीय परिषदले पनि अनुमोदन ग¥यो ।
फलस्वरूप देशमा गोपालकालदेखि शाहकालसम्मको १२७ वंशीय राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र, हिन्दुस्थानी राष्ट्रिय पहिचान हिन्दु धर्मको ठाउँमा धर्म निरपेक्षता, जातिय तथा धार्मिक, छुवाछुतजन्य विभेद अन्त्यको घोषणा गर्दै दोस्रो संविधानसभाले समानुपातिक समाबेसिय संविधान अति कष्टका वीच पारित गर्यो ।
यसका लागि १७ हजार नागरिकले शहादत प्राप्त गरे । लाखौं जनले अपाङ्गता र वेपत्ताको पीडा खेप्नुप¥यो । जुन आन्दोलनमा मारिएकाहरुको दोष माओबादी अध्यक्ष प्रचण्डलाई लगाएर राजाबादीहरु पानीमाथिको ओभानो बन्ने दुस्प्रयास गर्ने गरेको पाईन्छ जुन सत्य होईन । राजा , काग्रेंस र एमालेकोपनि बेलाबेलामा प्रत्यक्ष शासन सत्ता भएको बेला माओबदी भनिनासाथ सेना, प्रहरी र गाउँका सामन्ती थालुहरुको चुकडी लगाएर हत्या , हिन्सा ,बेपत्ता बनाउने कार्य भएको सर्वविदितै छ । जनआन्दोलन दबाउनैका लागि नेपाली कागें्रसका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीत्वको कार्यकालमा घाँटीको मुल्य तोक्ने सम्मको घोषणा भयो । तर उत्पिडित जनको साथ सहयोग र भरोसामा आन्दोलनको परिणामतः पिडालाई संबोधन गर्न जहाँ जसलाई जहाँ नेर दुःखेको छ त्यहिबाट समस्या समाधानगर्दै लानुपर्छ भन्ने मुल लक्ष्यका साथ यसरी वर्गिकृत गरियो ।

(जसअनुसारः अदिबासी जनजातिमा )
लोपोन्मुख ः .राउटे,कुसुण्डा,सुरेल,हायु,.राजी,किसान,.लेप्चा ,मेचे,,कुशवाडिया
अति सीमान्तकृत ः माझी, सिघार, शिङ्सा, थुदाम, धानुक,.चेपाङ, सतार
( सन्थाल ), झागड, थामी, बोटे, दनुवार, बराम
सीमान्तकृत ः सुनुवार, थारू, तामाङ,ुजेल, कुमाल,राजवंशी, गन्गाई,
धिमाल, भोटे, दराई, ताजपुरिया, पहरी, तोप्केगोला ,
डोल्पो, मुगाल, लार्के, ल्होपा, दुरा, बालुङ
सुविधा बञ्चित ः गुरूङ, मगर, राई, लिम्बु, छैरोतन, ताङ्बे, तीनगाउँले, बाह्रगाउँले,मार्फाली, शेर्पा, याक्खा,छन्त्याल,जिरेल,व्यासी,ह्योल्मो
उन्नत समूह ः नेवार,थकाली मा वर्गिकरण भयो ।
त्यसैगरी उत्पिडित पहाडी दलितमा ः
(१) कामी (२) सार्की (३) गन्धर्व (४) दमाई ( ५) वादी

मधेसी दलितमा
१) खत्वे (मण्डल)ः, २) दुसाद,पासवान हजारा)ः ,चमार ः (राम, हरिजन) ,४.मुसहरः , ५. तत्माः ६.डोमः ७.मेस्तर (हलखोर)ः, ८.वातर (सरदार)ः, ९. कोरीः ,१०. खटिकः, ११ं पत्थरकट्टाः, १२. धोवीः ,१३ ) सरभंग (सरवरिया)ः,१४.चिडीमारः १५.पासीः
(मधेसी पहिचानका जातजाति) मधेसी व्राम्ह्ण ः हलुवाई ,राजपुत,काायस्थ,झा, ।
पिछडा वर्गः यादव,तेली,वानीया,मल्लाह,कलवार,हजाम÷ठाकुर,कानु,सुडि,कुम्हार,.नुनिया,बाँतर,वरई,कहार,ं राजभार,लोढ, विण्ड,नराङ,भेडिहार, डेरी,माली,धुनिया, मुण्डा,.सोनार, जोगिया,.कुशवाडिया, केवट,सैनी,अमात,रौनियार,देव,केवरत ।
आप्रवासी जात थर ः
पञ्जावी,मुसलमान ,मारवाडी ,जैन, वंगाली ।
अल्पसंख्यक यौनिक समुदाय ः
तेस्रो लिङ्गी, द्विलिङ्गी, अन्तरलिङ्गी, समलिङ्गी महिला, समलिङ्गी पुरुष नाउँमा वर्गिकरण भयो ।
तर कार्यान्वयनमा भाईरस पसेपछि ……
जनयुद्ध ताका सामन्तीलाई भाते कार्यवाही , स्वषकको प्राण हरण , अर्कालाई काम गराई खानेको जमिन लुटेर काम गरी खानेलाई सामुहिक खेती गराउने र लागु पदार्थ दुव्र्यसनी ,ब्यभिचारीलाई श्रम शिविरलगायतका रचनात्मक काम गर्दा जन जनमा ब्यापक भिजेको माओवादी नेतृत्वले जव पहिलो निर्वाचनमा नै दुई तिहाई वहुमत ल्याई देशको सबैभन्दा ठुलो राजनितिक पार्टी भयो । हो , त्यही बेला जनयुद्धको लासको थुप्रोबाट उठेको माओवादी जनआन्दोलनको नेतृत्व ७ भन्दापनि बढी टुक्रामा विभाजित भयो , गर्यो वा गरायो । यदि सडकमा हुदाकै बेला जस्तैगरी सरकार र सदनमा हुँदापनि गरेर लगेको भए माओबादी सरकारको विकल्प आउन थुप्रै समय लाग्थ्यो ,तर कामकुरो एकातिर कुम्लो बोकी थिमीतिर भएपछि फङगस रुपि राजतन्त्र ,भ्रष्टाचरीको आरोप लागेको नेताहरुको नेतृत्वको भाईरल सरकारहरुले जनता तावाको माछा भुङग्रोमा भनेजस्तै भएका छन् ।?

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal