आज :

कोशी प्रदेश प्रधानमन्त्री कप महिला  क्रिकेटको फाइनलमा

  • अनलाइन डबली

काठमाडौं । कोसी प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप टी२० महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वालीफायरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोसीले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।

यसअघि एपीएफ पहिलो क्वालीफायरमा कोशीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

सुदूरपश्चिम प्रदेशले एलिमिनेटर राउन्डमा बागमति प्रदेशलाई स्तब्ध बनाउँदै दोस्रो क्वालीफायरमा स्थान बनाए पनि फाइनलमा पुग्न असफल रह्यो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा  पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ७ विकेट गुमाएर ८८ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको कोशी प्रदेशले १३ ओभरमा  मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन जोडिन् । त्यस्तै,  विन्दू रावलले १७ रन, कविता जोशीले १५ रन,  रुविन पोद्दार र अनु कडायतले समान ७–७ रन बनाए ।

केशीका लागि संगिता राईले सर्वाधिक २ विकेट लिँदा सबनम राई, निशा शाह र एलिशा खडियाले १–१ विकेट लिए ।

८९ रनको सामान्य लक्ष्य पछ्याएको कोशीले उत्कृष्ट सुरुआत गरेको थियो । पहिलो विकेटको रुपमा कप्तान रुविना क्षत्री र काजल श्रेष्ठको बिचमा ५९ रनको साझेदारी गरेका थिए ।

रुविना ३७ रन बनाएर आउट हुँदा अन्त्यमा काजल श्रेष्ठले ३८ तथा अप्सरी बेगमले १२ रनको नटआउट पारि खेले । सुदूरपश्चिम प्रदेशका लागि लक्ष्मी साउदले १ विकेट लिइन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal