
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचार गराइरहेका ५५ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
त्यस्तै, आज देशभर २ हजार ५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । १२ हजार ३७८ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्य पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ । यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार १९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ६९ हजार २९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।