
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुहिएको फर्सी पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै भएको बताएका छन् । ओलीले जनयुद्धमा ठूला सपना देखाएर युवालाई सहभागी गराएकोले आफूले प्रचण्डलाई मात्रै कुहिएको फर्सी भनेको बताएका छन् ।
केही दिन पहिले प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेका थिए । उनको भनाईको जनयुद्ध लडेर आएका नेता-कार्यकर्ता र जनयुद्धमा सहयोग र सहानुभूती राख्नेहरुले चर्को आलोचना गरिरहेको बेला ओलीले बोलीलाई सच्याएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले जनयुद्धमा लागेका युवा युवतीहरुलाई कुहिएको फर्सी नभनिएको स्पष्टिकरण दिएका छन् । ओलीले वहिगर्मनमा परेका जनमुक्ति सेनाको यथोचित व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
जनयुद्धमा युवा युवतीलाई ठूला सपना देखिएको र अहिले आफ्नो परिवारभन्दा टाढा सोच्न छोडेको भन्दै ओलीले प्रचण्डलाई चटके नेता भएको आरोप समेत लगाए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड पार्टी कब्जा गर्ने उद्देश्यले (नेकपा)मा आएको र त्यो पूरा कारण फर्किएको टिप्प्णी समेत बताएका थिए ।
पार्टी एकता नटुंगिँदै (नेकपा) विभाजन भएपछि एकले अर्कालाई विभिन्न आरोप लगाउँदै दिनदिनै कार्यक्रम भइरहेका छन् । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णयसँगै (नेकपा) दुई चिरामा विभाजित भएको हो । तर, निर्वाचन आयोगले आधिकारिताको अन्तिम निर्णय नगरेकोले औपचारिक रुपमा विभाजन हुन् बाँकी छ ।
दुबै समूहले देशभर संगठन विस्तार तथा पुर्नगठन र विरोधका कार्यक्रम चलिरहेका छन् । ओली समूहले सांगठानिक कामहरु तिब्र गतिमा अगाडि बढाएको छ भने प्रचण्ड-नेपाल समूहले विरोधका कार्यक्रम ।
- फाइल फोटो