आज :

कुलमान हटाउने सरकारको निर्णयको चौतर्फी विरोधः प्रचण्डले जनाए आपत्ति, रबिले बाले मैनबत्ति

  • अनलाइन डबली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । सत्ता र प्रतिपक्ष दलका नेताहरुले सार्वजनिक रुपमै कुलमान हटाउने सरकारको निर्णयको विरोध जनाएका छन् ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले कुलमान घिसिङलाई हटाएकोप्रति अपत्ति जनाएका छन्।

प्रचण्डले कुलमानलाई हटाएर गलत गरेको भन्दै आपत्तिजनक विषय भएको बताएका हुन्।

प्रचण्डले भनेका छन्, ‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन-जनमा जानकारी छ। उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो, उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो। तर, आज भने सरकारले मन्त्रीपरिषद्  बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाहा हुन आएको छ। आशा गरौं यो खबर असत्य सावित होस् ।’

प्रचण्डले दुई तिहाई बहुमतको दम्भमा गरिएको कुलमान हटाउने निर्णयप्रति घोर निन्दा समेत गरेका छन् ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बत्ति निभाएर, मैन बत्ति बालेर विराेध जनाएका छन् । लामिछानेले सरकारले कुलमान हटाएर लाेडसेडिङ गरेकाे र जनता फेरि मैनबत्ति बाल्न बाध्य हुने संकेत गरेका हुन् ।

सत्ता साझेदार नेपाली काँग्रेसका नेताहरूले पनि कुलमान हटाउने निर्णयले सरकार उल्टाे बाटाेमा हिडेकाे भन्दै विराेध जनाएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई निर्देशक बनाएको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal