
काठमाडौँ।सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको हो ।
घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त संगै चार वर्षीय कार्यकाल नसकिदै उनलाई हटाएको हो । उनको पदावधि आगामी साउन २४ गते सकिँदै थियो। डेडिकेटेड र ट्रंक लाइन र उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच मनमुटाब चल्दै आएको छ।
यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेका उद्योगीहरूको लाइन काटेको थियो। केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो।
यसैगरि कुलमानलाइ हटाएर सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।