आज :

कालिकोटको महाबै गाउँपालिकामा ७.९ किमि सडक निर्माण हुँदै

  • देविराम देवकोटा

सुर्खेत। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत PLRIP (Provincial Level Road Infrastructure Project) कार्यक्रम मार्फत कालिकोटको महाबै गाउँपालिकामा नयाँ सडक निर्माण हुने भएको छ। नयाँ सडक निर्माणका लागि मन्त्रालय र पालिकाबीच सम्झौता भएको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले जानकारी दिए।

यस परियोजनाअन्तर्गत सेराबाडा–पादमघाट–महाबै आधारभूत अस्पताल–ओदा हुँदै कोटखौला जोड्ने ७.९ किलोमिटर लामो सडक निर्माण गरिने छ। सडक निर्माणका लागि अब छिट्टै टेन्डर प्रक्रियामा जाने तयारी भइरहेको उनको भनाइ छ।

गाउँपालिका अध्यक्ष सिंहका अनुसार यस सडक निर्माण परियोजनामा नेपाल सरकारको ऋण अनुदानमा विश्व बैंकले लगानी गर्ने निश्चित भइसकेको छ। साथै, यो सडक स्थानीय तहको केन्द्र जोड्ने महत्वपूर्ण मार्ग भएकाले प्राथमिकतामा राखिएको हो।

सडक निर्माणपछि स्थानीय बासिन्दाले यातायातको सुविधा पाउनेछन् भने महाबै आधारभूत अस्पतालसम्म सडक संजाल विस्तार हुने अध्यक्ष सिंहले बताए । उनले सडक निर्माणले शिक्षा, स्वास्थ्य, व्यापार तथा कृषि क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

यसैबीच, महाबै गाउँपालिकाले आफ्नो केन्द्र भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रिया पनि पूरा गरिसकेको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal