
काठमाडौँ । नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गर्नुपर्ने बताएका छन् ।
नेता बादलले प्रेस चौतारीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा बताए ।
लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बादलले बताए । उनले स्रोत नखुलाइ लगानी गर्न पाउने व्यवस्था गर्नु गलत भएको बताए ।
एमसीसी देश हितमा नभएकाे भन्दै खारेजीकाे माग बढिरहेकाे बेला बादलले पारित गर्नुपर्ने बताएका हुन् ।
- फाइल फाेटाे