आज :

एनएसएल: आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै

  • अनलाइन डबली

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि दशरथ रङ्गशालामा आइतबार साँझ भएको खेलमा साविक उपविजेता धनगढी एफसीले नवप्रवेशी टोली वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हराएको थियो ।

यस्तै, आइतबार नै भएको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो ।  बुटवल लुम्बिनी एफसीलाई विशाल श्रेष्ठले कप्तानी गरेका छन् ।

आज साँझ साढे पाँच बजे दुवै टोली दशरथ रंगशालामा आफ्नो दोस्रो जितको लक्ष्यमा प्रतिस्पर्धा गर्दैछन् ।

पुस १४ गतेसम्म चल्ने एनएसएलमा नौ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । आयोजकले सहभागी टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गराउँदै आएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal