आज :

एनएसएलमा आज झापा र इलामबीच प्रतिस्पर्धा हुँदै

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदै छ । झापा एफसी र स्पोर्टिङ इलाम एफसी दुवै एनएसएलमा नयाँ टोली हुन् ।

खेल दशरथ रंगशालामा साँझ साँढे पाँच बजे सुरु हुनेछ ।

नयाँ टोली इलामले पहिलो उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग खेलमा १–० ले पराजित भएको थियो ।

झापाको लागि भने आज यो पहिलो खेल हुनेछ । राष्ट्रिय टोलीका लागि हरिक खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गरेका अन्जन विष्ट झापाको मार्की छन् । उनले पहिलो सिजन ललितपुर सिटी एफसीबाट कप्तानी गरेका थिए । यस सिजन अन्जन झापाको मार्की बनेका हुन् ।

झापाको टिममा अन्जनसँगै राष्ट्रिय टिममा रहेका योगेश गुरुङ, छिरिङ लामा र लकेन लिम्बु पनि छन् ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका आभास लामिछाने झापाको आइकोनिक प्लेअरको रुपमा छन् । झापाली टोलीको मुख्य प्रशिक्षकमा स्पेनका ओरिएल मोहडानो छन् ।

झापाले विदेशी खेलाडीमा पनि स्पेनकै दुई जना अनुबन्ध गरेको छ । जसमा मिडफिल्डर फर्नान्डो कोजार टोरेस र फरवार्ड जोर्ज पेलाएज सान्चेज रहेका छन् ।

उता इलामको कप्तान तथा मार्कीमा गोलकिपर विकेश कुथु छन् । पहिलो सिजनमा उनी च्याम्पियन टिम काठमाडौं रेजर्सका कप्तान र मार्की थिए । यस्तै इलाममा विकेशसँगै च्याम्पियन टिमका आशिष गुरुङ, विमल पाण्डे र आशिष राई छन् ।

इलाममा राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी भरत खवास, जितेन्द्र कार्की र नवीन लामालगायतका खेलाडी छन् भने सन्यास लिइसकेका राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि छन् । मेघराज केसीले टिमलाई प्रशिक्षण गरेका छन् ।

दुवै टोली आज राम्रो प्रर्दशन गरेर जित निकाल्ने लक्ष्यमा छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal