आज :

टिपरले लियो एका विहानै मोटरसाइकल चालकको ज्यान

काठमाडौं । राजधानी काठमाडौंमा बुधबार विहान साढे ३ बजेको आसपास टिपरले मोटर साइकल चालकको ज्यान लिएको महानगरीय प्रहरी वृत्त कालीमाटीले बताएको छ । वृत्तका अनुसार कलंकीमा टिपरको बा ५ ख ७३४५ नम्बरको टिपरले विपरित दिशाबाट आइरहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको थियो ।

दुर्घटनापछि मोटरसाइकल चालक दिवाकर अधिकारीलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । धादिङ धुनिवेशी नगरपालिका–२ का उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको परिवार स्रोतले बताएको । टिपर र टिपर चालक लीलाबहादुर तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसरी राजधानीमा टिपर आतंकले अन्य सवारी चालकहरुलाई हैरान बनाइरहदा पनि सरकारले त्यसकिसिमको दुर्घटना बारम्बार किन हुन्छ र कसरी नियन्त्रण गर्ने प्रभावकारी कार्ययोजना ल्याउन सकेको छैन । यस अघि पनि राझधानी काठमाडौंमा बारम्बार टिपरको सिकार २ पाङ्गे्र सवारी चालक नै बनिरहेका छन्् । विज्ञहरुका अनुसार टिपरको अगाडीको भाग अलि लाम्चो भएका कारण चालकले नदेखेर दुर्घटना हुने बताईए पनि टिपर चालकहरु बढि लापरबाह भएर घटना हुने गरेको आरोप पीडितका परिवारको छ ।

फोटो: फाइल

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal