आज :

ब्लड क्यान्सरको उपचार गर्दा एक एचआईभी संक्रमित व्यक्ति पूर्णरुपमा भाइरस मुक्त, कसरी भयो सम्भव ?

  • अनलाइन डबली

काठमाडौँ । सन् १९८८ मा एचआइभी सङ्क्रमित भएका एकजना मानिस भाइरस मुक्त भएका छन् । उनी एचआईभी मुक्त हुने चौथो व्यक्ति भएको डाक्टरले बताए ।

उनलाई रक्त क्यान्सरको उपचारको लागि बोन म्यारो प्रत्यारोपण गरिएको थियो । बोन म्यारो दिने दाता प्राकृतिक रुपमा एचआईभी भाइरस प्रतिरोधी थिए ।

पहिचान खोल्न नचाहेका ६६ वर्षीय वृद्धले अहिले एचआइभीको औषधि सेवन गर्न छोडेका छन् । उनले भाइस मुक्त भएकोमा ‘अत्यधिक कृतज्ञ’ भएको बताए ।

नाम उल्लेख गर्न नचाहेकाले चिकित्सकहरुले उनलाई ‘सिटी अफ होप’का विरामी नाम दिएका छन् । यो नाम उनले उपचार गरेको क्यालिफोर्नियाको डुआर्टेस्थित अस्पतालको नाम हो ।

उनका धेरै साथीहरुलाई पनि एचआईभी लागेको थियो तर उनीहरु एन्टिरेट्रोभाइरल औषधिहरू प्रयोगमा आउनुअघि नै बिते । अहिले एन्टी भाइरल औषधीले झण्डै सामान्य औसत जीवन दिन्छ ।

‘यो दिन देख्छु भनेर कहिल्यै सोचेको थिइनँ’
ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) ले शरीरको प्रतिरक्षा प्रणालीलाई क्षति पु¥याउँछ । यसले एड्स (अक्वायर्ड इम्युनोडेफिशियन्सी सिन्ड्रोम) निम्त्याउन सक्छ र शरीरको रोग प्रतिरोधात्मक क्षमता घटाइदिन्छ ।

एक बयानमा ती व्यक्तिले भने ‘सन् १९८८ मा मलाई एचआईभी लाग्दा अरू धेरैजस्तै, मलाई यो मृत्युदण्डको सजाय लागेको थियो । मैले कहिल्यै एचआईभीमुक्त हुँदा भन्ने सोचेको थिइनँ ’ यद्यपि, उनलाई एचआईभीको लागि उपचार गर्दा भाइरस मुक्त भएका होइनन् ।

उनलाई ६३ वर्षको उमेरमा ब्लड क्यान्सर भएको थियो । चिकित्सक टोलीले उनको क्यान्सरजन्य रक्त कोशिकाहरू प्रतिस्थापन गर्न बोन म्यारो प्रत्यारोपण आवश्यक भएको निर्णय गर्यो । संयोगवश, उनलाई बोन म्यारो दिने दाता एचआईभी प्रतिरोधी रहेको परे ।

एचआईभी भाइरस हाम्रो शरीरको सेतो रक्त कोशिकाहरूमा सीसीआर५ नामक छिद्राबाट प्रवेश गर्छ । यद्यपि, ती दाताजस्ते केही व्यक्तिमा सीसीआर५ को छिद्रै हुँदैन । त्यस्ता व्यक्तिलाई एचआईभी भाइरसले छुँदैन ।

उपचार अवशेष ’होली ग्रेल’
सिटी अफ होप बिरामीलाई प्रत्यारोपणपछि नजिकबाट निगरानी गरिएको थियो, र यस क्रममा उनको शरिरमा एचआईभी भेटिएन । अहिले १७ महिनाभन्दा बढी समयदेखि उनी भाइरस मुक्त छन् ।

सिटी अफ होप अस्पतालका संक्रामक रोगका डाक्टरका अनुसार ती विरामीले ३० वर्षभन्दा बढी समयदेखि लिइरहेको एन्टिरेट्रोभाइरल थेरापी अब लिन नपर्ने भएको छ ।

विगतमा तीन व्यक्तिहरु विभिन्न उपचार पद्धतिबाट एचआईभी मुक्त भएको रेकर्ड छ । सिटी अफ होप विरामीमा प्रयोग भएको उपचार विश्वमा रहेको ३.८ करोड एचआईभी संक्रमितको लागि उचित नभएको चिकित्सकले बताएका छन् ।

यसका धेरै साइड इफेक्ट हुने र यो जटिल तथा महँगो प्रक्रिया भएकाले एचआईभी संक्रमितहरुका लागि उपयुक्त विकल्प नभएको हो । यद्यपि, अनुसन्धानकर्ताहरूले सम्भावित उपचारको रूपमा जीन थेरापी प्रयोग गरेर सीसीआर५ को छिद्रालाई लक्षित गर्ने तरिकामा अवलोकन गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal