आज :

प्रधानमन्त्रीले आजै चुनाव घोषणा गर्छु भन्नुभएको थियो, मैले दुई-चार दिन कुर्न भनेको छु- प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने दाबी गरेका छन्।

नेकपा माओवादीनिकट प्रेस सेन्टरका पदाधिकारीसँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २/४ दिनमै निर्वाचनको मिति घोषणा हुने बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज-भोलिमै निर्वाचनको घोषणा गर्छु भनेको भए पनि नागरिकता विधेयकलगायत कानुनहरू निर्माण भएपछि मात्रै घोषणा गर्न आफूले सुझाव दिएको बताए।

उनले अहिले कै गठबन्धनलाई निर्वाचनसम्म लैजाने बताएको भेटमा सहभागी पत्रकार दयानिधि भट्टले जानकारी दिए।

‘अहिलेको गठबन्धन निर्वाचनसम्म नै कायम रहन्छ। हामी विचार मिल्नेहरूका बीचमा पनि तालमेल हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै भट्टले भने,‘मैले पार्टीका नेतालाई पनि यही भनेको छु। ढुक्कले निर्वाचनको तयारीमा लाग्नुस्। हामी गठबन्धन बनाएर अघि बढ्नुपर्छ।’

प्रचण्डले माओवादी केन्द्रले निर्वाचन जित्नै पर्ने बताएका थिए। उनले माओवादीले चुनाव नजिते अहिलेको व्यवस्था नै खतरामा पर्ने बताए।

प्रचण्डले अहिले जारी स्थायी कमिटी बैठकबाटै पदाधिकारी चयन हुने बताएका थिए। गत पुसमा महाधिवेशन भए पनि माओवादीले अहिलेसम्म स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउन सकेको छैन।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal