
काठमाडौँ । चीन र ताइवनबीचको तनाव युद्धतिर अघि बढिरहेको छ । अहिले ताइवानले सैन्य अभ्यास गरिरहेको छ । त्यसलाई जवाफ दिने गरी चीनले पनि आफ्नो सैन्य गतिवधिलाई बढाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । जापानी रक्षा मन्त्रालयका अनुसार चीनका ५० भन्दा बढी लडाकु विमान र दर्जानौं ड्रोन तावाइनको पूर्वी क्षेत्रमा उडिरहेका छन् । ती विमानहरुले ताइवानको सीमा पार गरेको समेत जापानले दाबी गरेको छ ।
ताइवानको सैन्य अभ्यास र चीनले त्यसलाई दिएको काउन्टरले जापान सम्भावित युद्धबाट डराएको छ । उसले अमेरिकासँग सैन्य अस्त्रको लागि माग गरेको छ । अमेरिकाले पनि जापानलाई घातक मिसाइल दिने प्रतिवद्धता जनाइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
अमेरिका र जापानबीच लामो दूरीका अस्त्र खरिद गर्ने सहमति भएको बताइएको छ । अमेरिकाले जापानको संविधान संशोधन गर्न लगाएर सैनिकरण गरेर हतियार बेच्न लागेको चिनियाँ संचारमाध्यमहरुले दाबी गरिहरेको बेला यो सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति जाे बाइडन जापान भ्रमणकाे क्रममा ताइवानबारे दिएकाे अभिव्यक्तिका कारण युद्द नजिकाे बताइएकाे छ । चीनले ताइवानलाइ उक्साउने बाइडनकाे अभिव्यक्ति दिएकाे बताउँदै त्यसकाे विराेध जनाएकाे थियाे ।
जापानबाट नजिकै रहेको ताइवानमा चीनले हमला गरे त्यसको प्रत्यक्ष असर आफूलाई पर्ने भन्दै जापनाले हतियार खरिद गर्न लागेको बताइएको छ । जापानले अमेरिकासँग हतियार खरिद गर्ने सम्झौता गरेसँगै उत्तर कोरियाले पनि नयाँ चेतावनी दिएको छ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ६९ औं वार्षिकको अबसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै आफू अमेरिका र दक्षिण कोरियासँग जस्तो सुकै युद्ध लड्न तयार रहेको बताएका छन् । उनले कोरिया प्रायद्विपमा युद्धको अवस्था सिर्जना भएको र त्यसको आणविक जवाफ दिन आफ्नो सेना सक्षम रहेको समेत बताएका छन् ।
सन् १९५०-५३ को कोरियाली युद्ध अस्थायी युद्धविराम भएपछि टुङ्गिएको थियो। तर उत्तर कोरियाले त्यसलाई अमेरिकाविरुद्ध आफ्नो विजयका रूपमा प्रस्तुत गर्ने गरेको छ। कोरियाली प्रायःद्वीपलाई दुई देशमा विभक्त गर्ने युद्ध रोकिएको भए पनि उनीहरूबीच कुनै शान्तिसन्धि भएको छैन।
त्यतिबेलादेखि नै दुई कोरिया प्राविधिक रूपमा युद्धमा छन्। बेलाबेलामा उनीहरूको सम्बन्धमा तनाव उत्पन्न हुने गरेको छ। वार्षिक “विजय दिवस” उत्सवमा सैन्य परेड, आतिसबाजी र साङ्गीतिक कार्यक्रम पनि समाविष्ट हुन्छन्।
उक्त समारोहलाई सम्बोधन गर्दै किमले अमेरिकाबाट रहेको परमाणु त्रासका कारण उत्तर कोरियाले आत्मरक्षा सुदृढ बनाउने “अत्यावश्यक ऐतिहासिक काम” गर्नुपर्ने बताए।
“अमेरिकाले उत्तर कोरियाको नियमित सैन्य अभ्यासहरूलाई उक्साहट भन्दै गलत व्याख्या गरेको छ,” उनले भने। उत्तरबाट हुने सम्भावित आक्रमणलाई रोक्न दक्षिण कोरियाले पहिल्यै आक्रमण गर्ने योजना ब्युँताउन लागेको भन्ने विवरणहरूलाई पनि उनले छोए।