आज :

हाम्रो पहिलो प्राथमिकता वाम गठबन्धन हो, दोस्रोमा कांग्रेस- झलनाथ खनाल

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी चुनावका लागि आफूहरूको पहिलो प्राथमिकता वाम गठबन्धन भएको बताएका छन्।

आइतबार संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै खनालले समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहेको बताए।

‘हामी वामपन्थी र समाजवादीहरूलाई एक ठाउँमा ल्याउने क्रममा छौं। कार्यगत एकता हुन्छ कि मोर्चा बन्छ कि,’ खनालले भने,‘विभिन्न कोणबाट छलफल भइरहेका छन्। हामी टुंगोमा पुगिसकेका छैनौं।’

उनले वाम गठबन्धन नहुँदा मात्रै नेपाली कांग्रेससँग गठबन्धन गरिने बताए। ‘पहिला पनि वाम एकता नहुँदा कांग्रेससँग मिलेको हो। अहिले पनि कांग्रेससँगको गठबन्धन हाम्रो दोस्रो प्राथमिकतामा छ,’ उनले भने।

वाम गठबन्धनका लागि नेकपा (एमाले) सँग पनि कुरा भइरहेको खनालको भनाइ छ। एमालेसँग कुन तहमा कुरा भइरहेको छ भन्नेबारे उनले जानकारी दिएनन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal