आज :

सत्तारूढ घटकले समाजवादी केन्द्र बनाए राम्रो हुन्छ, कांग्रेससँग दूरी बढेको छैन- मिन विश्वकर्मा

  • अनलाइन डबली

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सचेतक मिन विश्वकर्माले सत्तारुढ दलहरुको नेपाली कांग्रेससँग दूरी नबढेको बताएका छन्।

आईतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सचेतक विश्वकर्माले सत्तारुढ दलहरुको नेपाली काँग्रेससँग दूरी बढ्ने परिस्थिति नबनेको स्पष्ट पारे।

उनले पाँच दलीय गठबन्धनबाट परिणाम उपलब्धीमुलक भएको प्रतिवेदन समेत सार्वजनिक भइसकेको उल्लेख गर्दै गठबन्धन टुट्छ कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे।

सचेतक विश्वकर्माले सिट संख्याको कारणले अथवा निर्वाचन क्षेत्र छनोटको कारणले गठबन्धन नभत्किने उनले विश्वास व्यक्त गरे। उनले सत्तारुढ घटकले समाजवादी केन्द्र बनाएमा राम्रो हुने टिप्पणी गरे।

‘कांग्रेससँग दूरी बढेको भन्ने सवालमा त्यस्तो खालको परिस्थिति अहिले बनेको छैन। हामीले पनि गठबन्धन आवश्यक छ भन्यौं। माओवादी केन्द्रले पनि गठबन्धन आवश्यक छ भन्यो । र विगतमा गरेको गठबन्धनबाट हामीलाई उपलब्धी प्राप्त भएको छ परिणाम पनि भनेर प्रतिवेदन पनि सन्तोषजनक आएको हुनाले अहिले यतातर्फ संका गर्नुपर्ने, डराउनुपर्ने, चिन्ता गर्नुपर्ने अवस्था अहिलेको अवस्थामा छैन’, उनले भने, ‘सिट संख्याकै कारणले अथवा निर्वाचन क्षेत्र छनोटकै कारणले गठबन्धनमा दरार पनि पैदा हुँदैन र गठबन्धन भत्किँदैन पनि।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal