आज :

नेपालभाषाका गीति संग्रह एल्बम ‘राजमानचिया म्ये’ र ‘स्वर’ विमोचन

  • बुद्धशरण शाही

 

श्रावण ७,काठमाडौँ – नेपालभाषाका सर्वाधिक चर्चीत गीत  राजमति कुमति गीतको महिला भर्सन ‘राजमानचा कुमानचा’ काे गीति एल्बम सार्वोजनिक भएको छ  ।  काठमाडौंमा शुक्बार सम्पन्न नेवाः कलाकार भेला र एल्बम विमोचन कार्यक्रमसाथमा नेपालभाषाका गीति संग्रह एल्बम ‘राजमानचिया म्ये’ र गायक प्रचण्ड राजोपाध्यायको आधुनिक गीतको एल्बम ‘स्वर’ विमोचन गरिएको थियो ।

कार्यक्रममा नेपालको पहिलो राष्ट्रिय गीत नेपालभाषाको लोकगीत ‘राजमति कुमति’ भएको दावी गरिएको छ ।

दुवै एल्बमको वरिष्ठ गायक जुजुकाजी रंजित र आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सुनुवारले नेपालको पहिलो राष्ट्रिय गीतको महिला भर्सन सार्वजनिक भएकोमा खुसी व्यक्त गर्दै यस गीत र एलबमले नेपालको सहि ईतिहास कोर्न मार्गदर्शन गर्ने आशासमेत व्यक्त गरे ।

‘जङ्गबहादुर राणाले बेलायतमा नेपालको राष्ट्रिय धुनको रुपमा राजमति कुमति बजाउन लगाएका थिए । खस भाषाकै मात्र आधिपत्य स्थापित गर्न यो इतिहासलाई दबाउन खोजियो तर, राजमानचा कुमानचाले नेपालको सहि इतिहास उजागर गर्नेछ भन्ने विश्वास मैले लिएको छु’ सुनुवारले भने ।

त्यसैगरी वरिष्ठ गायक रंजितले विना कुनै आर्थिक उद्देश्य, नेवाः कला क्षेत्रमा लागि परेका सक्रिय कलाकारहरु देख्दा खुसी लाग्ने बताउनुभयो । साथमा आफुभित्र रहेको प्रतिभा लुकाएर नराख्न पनि रंजितले अनुरोध गरे ।

कार्यक्रमको आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसन र नेवाः फिल्म सोसाईटीका अध्यक्ष आउँदो भाद्र ३१ गतेको दिनमा राजमानचा म्यूजिकल नाइटको आयोजना गर्ने घोषणा गरे ।

राजोपाध्यायले सोही कार्यक्रममा नेवाः फिल्म डाइरेक्टरी, नेवाः फिल्म कोष र नेवाः फिल्म अवार्डसमेतको घोषणा गरेका थिए ।

कार्यक्रममा राजमानचा गीतका रचनाकार विनय राजाेपाध्याय र गायक प्रचण्ड राजाेपाध्यायले आआफ्नो गीत र अनुभवको बारेमा प्रकाश पारेका थिए ।

त्यसैगरी कन्फराक्टीभ मिडिया सोलुसनका प्रवन्ध निर्देशक रक्षण राजोपाध्याय र नेवाः फिल्म सोसाईटीका सदस्य रुपेन्द्र श्रेष्ठले पनि संस्थाको गतिविधिबारेमा प्रकाश पार्दै आ–आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal