आज :

नागरिकता विधेयक प्रकरणमा प्रचण्डले दोहोरो भूमिका निर्वाह गरे- अग्नि खरेल

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका नेता अग्निप्रसाद खरेलले सरकारले ल्याएको नागरिकता विधेयक प्रकरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दोहोरो भूमिका निर्वाह गरेको आरोप लगाएका छन्।

विर्तामोडस्थित निजी निवासमा पत्रकार सम्मेलन गर्दै नेता खरेलले प्रचण्डको दोहोरो चरित्रका कारण संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता भएको र विदेशी बुहारीलाई तत्काल नागरिकता दिने विषय उल्लेख भएको जिकिर गरे।

‘संसदमा विधेयक छलफलका क्रममा रहेको समयमा सबैभन्दा बढी विधेयकको पक्षमा रहेको दल माओवादी केन्द्रले यतिखेर सो विधेयक फिर्ता गर्न अग्रसरता देखाएर विदेशी बुहारी ल्याउना साथ नागरिकता दिने विषय राख्नु रहस्यमय कुरा हो’, नेता खरेलले भने, ‘एकातिर भारतसँग समानताको सिद्धान्त अख्तियार गरेर विधेयक कार्यान्वयन हुनुपर्छ भन्ने अनि फिर्ता लिन र ‘वैवाहिक अंगिकृत’ नागरिकताका विषयमा यस्तो गलत कामको नेतृत्व गर्ने?’

‘भारतमा विवाह गरेर गएका नेपाली महिलाले त्यहाँको नागरिकता प्राप्त गर्न ७ वर्षको समय लाग्छ। नेपालमा पनि समानताको सिद्धान्त अख्तियार गर्दै ७ वर्षे समयावधि राखौं भनेर संसदीय समितिमा पारित भएर संसदमा दर्ता भएको विधेयक एक्कासी फिर्ता भएको राम्रो सन्देश गएको छैन’, नेता खरेलले भने, ‘माओवादी र माधव नेपालको पार्टीको अडान यसमा टिक्न सकेन।’

नेता खरेलले विवाहको जग्गेमै विदेशी बुहारीलाई नागरिकता दिनु गलत हुन्छ भन्ने एमालेको मान्यता रहेको बताए। ‘हामीलाई थाहा छ, हाम्रो संशोधन प्रस्ताव कार्यान्वयन हुँदैन, तर पनि हामीले पार्टीको अडानस्वरुप त्यो दर्ता गरेका हौं’, उनले भने, ‘नागरिकता जस्तो संवेदनशील विषयमा सत्ताधारी दलहरूले लापरवाही नगरिदिएको भए देश र जनाताका लागि राम्रो हुन्थ्यो।’

विदेशबाट विवाह गरेर नेपाल आउने बित्तिकै ‘वैवाहिक अंगिकृत’ नागरिकता प्राप्त हुने गरी विधेयक पास भएको छ। खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भारत भ्रमण लगत्तै संसदमा नागरिकता जस्तो संवेदनशील विषयमा यस्तो हुनुलाई अर्थपूर्ण मानिएको उनले बताएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal