आज :

भाषा संरक्षण गर्नु त्यो जातिको सभ्यताको रक्षा हो

  • पदम श्रेष्ठ

काठमाडौँ । नेवाः बस्ती नेवाः स्कुल अभियानले देशका कुनैपनि भाषाका स्कुल सञ्चालन र व्यवस्थापनमा सहयोग गर्ने बताएको छ । कुनै पनि जातिको भाषा संरक्षण गर्नु भनेको त्यो जातिको इतिहास, कला, संस्कृति र सभ्यातालाई जीवित राख्नुभएकोले अभियानले सुरूमा केही आर्थिक भौतिक विउ रकम भएपनि सहयोग गर्ने नीति लिएको अभियानका प्रमुख दीपक तुलाधरले बताउनुभयो ।

जहाँ जुन जातिको ऐतिहासिक थाकथलो भाषा धर्म संस्कृतिको पहिचान छ, त्यहाँ त्यहि भाषिक समुदायको नर्सरीदेखि नै स्कुल सञ्चालन हुुनुपर्छ, भन्ने अभियानको जिकिर भएको स्पष्ट पार्दै प्रमुख अभियन्ता तुलाधरले भन्नुभयो‘नेवाः वस्ती नेवाः स्कुल स्थापनाको सफलतासँगै हामी प्रतिक ङेसुरलगायतका भाषिक अभियन्ताहरूसँग मिलेर तामाङ ऐतिहासिक थाकथलोमा तामाङ भाषाको स्कुल स्थापनामा ऐक्यवद्ध छौँ ।’

विगत १६ वर्षदेखि बौद्धको महेन्द्र मा.वि.मा अध्यापन गराइरहेको तामाङ भाषाको शिक्षालाई हटाएर नेपालभाषा लाद्न लाग्यो भन्ने छरिएको भ्रमसत्य नभएको स्पष्ट पार्दै आफ्नो भाषा प्रवद्र्धन अभियान चाल्दा अन्य समुदायको भाषालाई पनि प्रोत्साहित गर्नुपर्दछ । तर शिक्षा विज्ञ विद्यानाथ कोइरालाले भन्नुभए जस्तै एकसय ४३ वटै भाषाबाट देशमा शिक्षा सञ्चालन गर्न सकिदैन । यदि सबै भाषाको पढाई सबै स्कुलमा अनिवार्य गराइयो भने यो आठौं आश्चर्य हुनेछ भने एउटै स्कुलमा ५० भन्दा बढी भाषा पढाउनु पर्ने हुन्छ । जुन असम्भव कुरो हुन्छ नेवार पहिचान क्षेत्रमा नेपाल भाषा, तामाङ पहिचान क्षेत्रमा तामाङ भाषा बनाउँदै जाने एवं रितले जहाँ जसको ऐतिहासिक अस्तित्व हो र एक आपसमा सद्भावपूर्ण आदान–प्रदान हुँदै जाने हो भने एकदिन स्थानीय सबै स्थानिय भाषाका पढाई हुन्छ अवस्य ।

नेवाः वस्ती नेवाः स्कुल अभियान
गाउँमा भाषाको कारण स्कुल छोड्ने, सहरमा स्कुलको कारण भाषा छोड्ने क्रम तीब्र भएपछि ट्राभल व्यवसायी दीपक तुलाधरको दिमागमा नेवाः बस्ती नेवाः स्कुल प्रोजेक्ट फु¥यो । कमर्श पढेका व्यक्तित्व तुलाधरलाई लाग्यो, शैक्षिक पद्धतीभित्रै नेपाली अँगे्रजीका साथ साथै नेपाल भाषा पनि थप फोसा भाषा राखीदिए सुनमाथि सुगन्ध हुने निश्चित छ ।

सन् २००३ तिरको कुरा हो, प्रख्यात लोक गायक स्व.जयनन्द लामाले भाषा उत्थानको लागि ६ लाख खर्चेर तामाङ भाषाको चलचित्र बनाउनुभयो र भन्नुभयो, आफ्नो भाषाको लागि उक्त रकम गुमाएपनि मलाई पछुतो हुने छैन । आफु त कमर्श पढेको मान्छे शिक्षामा लागेको शिक्षक÷शिक्षिकाहरूसँग मिलेर २००३ मा नेपाली, अँगे्रजीका साथ साथै नेपालभाषा पनि फोसा पढाई हुने मोर्डन नेवाः इङ्लिस स्कुल खोलेपछि थेगी नसक्ने गरी बच्चा भर्नाका लागि आए ।

अझ खुसीको कुरा त नेवार भन्दा गैह्रनेवारले आफ्नो बच्चालाई स्कुलमा पढाउन ल्याएपछि मोर्डन नेवाः इङ्लिस स्कुल खोलको चार वर्षपछि थेच्व नेवाः इङ्लिस स्कुल खोल्यौं । अभियानले ५० हजार रूपियाँ मात्र विउ रकम राखेर सुरू भएको दुईवर्षपछि कीर्तिपुरमा कीपु नेवाः स्कुल लगत्तै बलम्बु, चन्द्रागिरी, ललितपुरको लुभू, थानकोटमा हलि नेवाः स्कुल, भक्तपुरको गपती, बज्रवराही चापागाउँ, सुनाकुथी, काठमाडौँको खुशीबुँ र यल नेवाः स्कुलसहित जनस्तरबाटै अभियानको आधा आर्थिक भौतिक र प्राविधिक सहयोगमा उपत्यकाभित्र मात्र ११ वटा स्कुल सञ्चालन भयो ।

नेपाल सरकारको असहयोगको बाबजुत पनि जापानीज सरकारको सहयोगमा नेपाल भाषाको पहिलो स्कुल जगतसुन्दर व्बनेकुथी डल्लुचागलमा ठडिएपछि अभियानलाई झनै ठूलो साथ मिल्यो भने त्यसको एक वर्षभित्रै माओवादी नेता सर्वोत्तम डंगोलको सक्रियतामा प्रत्येक स्कुलमा एउटा भएपनि नेपाल भाषाको विषय पढाई दिन आग्रह गर्दा रातो बङ्गला,त्रियोग, आलोक विद्याश्रमसहित २२ वटा नीजि बोर्डिङ स्कुलहरुले सदभावपूर्ण व्यवहार देखाएपछि हौसला माथि हौसला थपिदै जान थालेको प्रमुख अभियन्ता दिपक तुलाधर सन्तोष ब्यक्त गर्नुहुन्छ ।

अभियानकै क्रममा सिक्किम सरकारले १२ वटा स्कुलमा समेत नेपाल भाषा पढाउन थाल्दा एकसय ५ वटा स्कुलले नेपाल भाषामा पठन÷पाठन विस्तार भयो । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीका साथै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरभित्रका सबै विद्यालयमा अनिवार्य नेपाल भाषा कक्षा १ देखि कक्षा–८सम्म गरिदिनु भएपछि वर्तमान उपत्यकाभित्र ७५० स्कुलमा नेपाल भाषामा अध्यापन गराउन सफल भएको छ । काठमाडौँ महानगरपालिकाका बर्तमान मेयर वालेन शाह, उपमेयर सुनिता डंगोलले समेत नेपाल भाषाको अध्यापनलाई निरन्तरता दिनुले अभियान सफल भएको मान्न सकिन्छ ।

अब अभियानको मार्ग
नेवा बस्तीः नेवाः स्कुल अभियानको सफलतासँगै अब हामी स्थानिय भाषालाई अनिवार्य स्थानीय स्कुलमा शिक्षाको माध्यम बनाउनुपर्छ भन्ने कार्यमा छौँ । हुन त सबैजसो सचेत भाषिक समुदायले स्वतःस्फुर्त ढङ्गमा आ–आफ्नो भाषामा आधारित स्कुल सञ्चालन गर्न थालेका छन् । जस्तै विगत १६ वर्षदेखि बौद्धको महेन्द्र मा.वि, ललितपुरको क्योञ्ज्योसोम गाउँपालिकामा मेयर गोपिलाल सिन्तान, काभ्रेको रोशी गाउँपालिका, मण्डनदेउपुर गाउँपालिका, नुवाकोटको पञ्चकन्या, सिन्धुलीको मरिन गाउँपालिका र रामेछापको सुनापति गाउँपालिकामा तामाङ भाषाको स्कुल सञ्चालन भएका छन् भने कैलालीको जानकी नगरपालिकाले थारू भाषाको, भोजपुर दिङ्गलामा वान्तावा पूर्व इलाममा लिम्बु भाषाका पढाई सुरू भएको छ ।

यस अभियानले भाषिक समुदायले सम्वन्धीत भाषाको स्कुल सञ्चालन गर्न चाहेमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । वागमति प्रदेशमा नेवार तामाङ भाषालाई कामकाजी भाषाको रूपमा प्रयोग पनि थाल्ने कार्य अगाडि बढेको छ । कमर्श पढेर ट्राभल एजेन्सी खोलेर नेवाः बस्ती नेवाः स्कुल अभियानका प्रमुख अभियन्ता दीपक तुलाधर भन्नुहुन्छ–‘म शिक्षाविद् भने होइन, व्यवस्थापक मात्र हुँ, व्यवस्थित रूपमा भाषिक स्कुल चलाएरै केही मान्छेले मलाई मातृभाषाको शिक्षा अभियन्ताको रूपमा चिनेका छन्, शिक्षामा गरेको लगानीको राम्रै प्रतिफल फर्केको छ, यसैमा सन्तुष्ट छु ।’ नेवाः मोर्डन स्कुलका स्टाफलाई पाहाँचह्रे र न्हुदँ नयाँ वर्षमा बोनस समेत दिन सफल भएको छु ।

अबको हाम्रो आन्दोलन
मिथिला, भोजपुर, अवध, लिम्बुवान, थारूहट,, थासाङ, हिमालीभूमि, तामसालिङ्ग, मधेस, मगरात, खसान नेपालमण्डल जहाँ जुनजातिको ऐतिहासिक अस्तित्व छ त्यहाँ त्यही भाषामा पढाई अनिवार्य गर्न पहल थाल्ने र मातृभाषासँग गणित, विज्ञान, अँगे्रजी विषयसँग विकल्प ( अब्सनल ) नबनाई भाषाको विकल्पमा भाषाकै पढाई राखिनुपर्छ भन्ने दस्तावेज कार्यन्वयनमा छौँ ।

अर्को कुरा कक्षा १ देखि कक्षा ८ सम्म पढाई र पाठ्यक्रम बनाए पनि हाम्रो प्रयास नर्सरीदेखि ९ र कक्षा १०सम्म नै पढाई पुरा गराउने तर्फ क्रमशः थाल्दै जानुपर्छ । यसका लागि डा. मङ्लसिद्धि मानन्धर, दिनानाथ शर्मा गंगालाल तुलाधर हाल देवेन्द्र पौडेलसम्मका दशौं जना शिक्षामन्त्री समक्ष कुरा पु¥याएका छौं । मातृभाषामा शिक्षा पाउने विद्यार्थीको अधिकार प्रवद्र्धनका लागि अभियानको प्रयास जारी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal