आज :

प्रधानमन्त्री देउवाले अमेरिकालाई एसपीपीबारे पत्र पठाउन नदिएकाे खुलासा, बाहिरियो यस्तो रहस्य

  • अनलाइन डबली

काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ ।

सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारले गरेको निर्णयको पत्र नपठाइएको बताइन् । उनका अनुसार ‘सरकारको निर्णय कसरी गर्ने ?’ भन्ने विषयमा छलफल भइरहेको छ ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँगको सम्बन्ध बिग्रने भएका कारण ‘अहिले पत्र नपठाउन’ दवाव दिएको परराष्ट्रका एक अधिकारीले खुलासा गरेको समाचार आजको राजधानीदैनिकमा प्रकाशित छ ।

गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट बाहिरिने निर्णय गरेकाे थियाे एसपीपीअन्तर्गत नै कतिपय सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरु देखिएपछि कहाँ-के र कसरी आएको हो त्यसको निर्क्यौल गरेर पत्र पठाइने उनले जानकारी दिइन् ।

‘एसपीपीको विषयमा अध्ययन भइरहेको छ । उपयुक्त समयमा चिठ्ठी पठाइन्छ । विपद् व्यवस्थापनलगायतमा के- के मा सहयोग लिएको हो त्यो अध्ययन भइरहेको छ,’ प्रवक्ता लम्साले भनिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण कहिले हुने भन्ने सुनिश्चित नभएको उनले जानकारी दिइन् । ‘परराष्ट्र पहिले एउटा मितिलाई लिएर कुरा भइरहेको थियो । अब दुबै पक्षबाट सहमति भएपछि मिति बाहिर आउँछ । दुवै पक्षलाई अनुकुल नभइ मिति घोषणा गर्ने कुरा आउँदैन’ प्रवक्ता लम्सालले भनिन् ।

उनले संयुक्त राष्ट्रसंघको आउँदो महासभाको बैठकमा सबै देशका सरकार प्रमुख जाने भएकाले यसपटक नेपालबाट पनि उच्च तहकै टोली जाने तयारी भएको जानकारी दिइन् । उच्च तहमा कुन तहका व्यक्ति जाने भन्ने मन्त्रिपरिषद्ले गरेपछि टुंगो लाग्ने उनले उल्लेख गरिन् । उनले श्रीलंकाको संकटबारे नेपालले सिक्नुपर्ने धारणा पनि राखिन् ।

हालै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेको भारत भ्रमणबारे राजदूतावासले सामान्य सहजीकरण गरे पनि त्यसबारे सरकारलाई पूर्ण जानकारी नरहेको प्रवक्ता लम्सालले बताइन् । ‘विशुद्ध राजनीतिक भ्रमण भएकाले जानकारी छैन,’ उनले भनिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal