आज :

श्रीलंकाको राजनीतिमा नयाँ तरंग- विश्वको ध्यान तान्दै एकाएक राष्ट्रपति चुनिए रनिल, को हुन् उनी ?

  • अनलाइन डबली

काठमाडौँ । श्रीलंकाको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । श्रीलंकामा नयाँ  राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएसंगै त्यहाँको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको हो । आर्थिक संकटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि बुधबार संसद्‍मा मतदान भएको हो ।

विक्रमासिंघले आफ्नै दलका दलस दलस अलापेरुमालाई पराजित गरेका हुन् । कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् । दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरेका छन् । यसअघि तत्कालीन राष्ट्रपति राजापाक्षले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवहाक राष्ट्रपति बनाइएको थियो । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ ।

गोटाबायाको बाँकी रहेको कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २२५ सांसद रहेको श्रीलंकाली संसद्को ५० प्रतिशत अर्थात ११३ सांसदको समर्थन आवश्यक हुन्छ । श्रीलंकाली संसद्‍मा सत्तारुढ दल एसएलपीपी १०० सिटसहित सबैभन्दा ठूलो पार्टी हो । त्यस्तै प्रमुख प्रतिपक्षी दल समाजी जना बालावेगाया (एसजेबी) का ५४ सांसद रहेका छन् ।

श्रीलंकामा विरोध प्रदर्शन बढ्दै गएपछि राजापाक्षले विक्रमासिंघेलाई प्रधानमन्त्री बनाएका थिए । प्रदर्शनकारीहरुले विक्रमासिंघेले पनि राजीनामा दिनुपर्ने बताउँदै आएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री भएका थिए।

विदेशी मुद्रा सञ्चिति रित्तिँदा श्रीलंका स्वतन्त्र राष्ट्र भएयता (सन् १९४७) कै गम्भीर आर्थिक संकटबाट जुझिरहेको छ । जसका कारण बजारमा अभाव र मूल्यवृद्धि अकासिएको छ । सर्वसाधारणको दैनिकी कष्टकर बनिरहेको छ ।

विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयको सेवासमेत प्रभावित छन् । मुलुकको यो अवस्था सिर्जना हुनुमा राष्ट्रपति राजापाक्ष र निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्ष जिम्मेवार रहेको भन्दै जनता गत अप्रिलदेखि सडकमा उत्रिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal