आज :

आज विहानै बाजुरा केन्द्र भएर भूकम्प गयो

  • अनलाइन डबली

काठमाडौं । आज विहानै नेपालमा भूकम्प गएको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प विहान ४ बजे गएको थियो । मानिसहरु सुतेको बेला भूकम्प गएको कारण धेरैले थाहा नै नपाएको बताइएको छ ।  बजुरा प्रहरीका अनुसार भूकम्पबाट क्षति भए नभएको जानकारी अहिलेसम्म जानकारी आएको छैन । छिमकी अछाम, बझाङमा पनि धक्का महशुस भएको बताइएको छ ।

यसअघि दुई दिनअघि मात्रै सिन्धुपाल्चाेक केन्द्र बनाएर भूकम्प गएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal