आज :

नयाँ पार्टी गठन गर्दै बाबुराम भट्टराई, गृहकार्य सुरु

  • अनलाइन डबली

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पुनर्गठनका लागि आह्वान गरेका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अन्तत: आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने गृहकार्य सुरु गरेका छन् ।

जसपाको वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष भट्टराईसहित नौजनालाई पार्टीबाट कारबाही गरेको छ । सो कारबाहीलाई खारेज गर्दै अध्यक्ष भट्टराईले असार ३० गते एक विज्ञप्ति जारी गरी जसपा पुनर्गठन गर्न आह्वान गरेका थिए ।

जसपालाई नै पुनर्गठन गर्ने आह्वान गरेपनि उनले भित्रैभित्रै नयाँ पार्टी गठनको तयारी सुरु गरिसकेको स्रोतले जनाएको छ । शनिबारको बैठकले नयाँ पार्टी नै बनाएर अगाडि बढ्ने निर्णय गरिसकेको र कस्तो पार्टी बनाउने त्यसको बारेमा कुरा टुंग्याउन बाँकी रहेको बाबुराम पक्षका एक नेताले बताए ।

पार्टीको नामदेखि विधानबारेमा भोलि बस्ने बैठकले तय गर्ने उनको भनाई थियो । निर्वाचनको मुखमा नयाँ पार्टी दर्ता गराउन आयोगले नमाने यसअघि निर्वाचन आयोगमा दर्ता भएको पार्टीलाई नै प्रयोगमा ल्याउने बाबुरामको तयारी छ ।

नयाँ पार्टीका लागि विभिन्न नामहरू प्रस्ताव भएका छन् । त्यसमाथि पनि छलफल भइरहेको छ । संघ र प्रदेशको चुनावमा भाग लिने गरी पार्टी दर्ता गराउने सोच डा. भट्टराईको छ । त्यसैलाई मध्यनजर गर्दै बाबुराम पक्षले जसपालाई पुनर्गठन गर्ने झन्झट छाडेर नयाँ पार्टी गठनकै गृहकार्यमा जुटेको छ ।

अहिले पार्टीमा एकजना संयोजक र आयोगको आवश्यकता अनुसार अन्य पदाधिकारीहरू राखेर पार्टी दर्ता गराउने बाबुराम भट्टराई पक्षको सोच रहेको छ । पार्टी गठन भइसकेपछि थप छलफल गरेर पार्टीको संरचना निर्माण गर्ने बाबुराम पक्षको तयारी छ ।

पार्टीमा महिन्द्रराय यादवलाई उचित स्थान दिइनेछ । पार्टीको संरचनाबारे दुईजनाको बीचमा छलफल भएपछि मात्र संरचना तयार हुने एक नेताले बताए ।

पार्टीको संयोजक बाबुराम भट्टराई नै रहने निश्चित छ । बाबुराम पक्षका नेताहरूले अझै पनि आफूहरूसँग ४० प्रतिशत बहुमत रहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal