आज :

१५ वर्ष सँगै बसेकी जेठी पत्नीको निधन भएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लेखे यस्तो स्टाटस

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी पत्नी तथा उनका तीन सन्तानकी आमा इभाना ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको छ ।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा उनको सम्झनामा सन्देश लेखेका छन् । उनले लेखेका छन्, ‘उनी एक शानदार महिला थिइन्, सुन्दर र अद्भुत… जसले उत्कृष्ट र प्रेरणादायी जीवन बिताइन् ।’

इभाना ट्रम्पको जन्म चेक रिपब्लिकमा भएको थियो र उनले सन् १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन् । तर, १५ वर्ष सँगै बसेपछि सन् १९९२ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

इभाना ट्रम्प र डोनाल्ड ट्रम्पका तीन सन्तान छन् । डोनाल्ड जूनियर, इभान्का र एरिक ट्रम्प । समाचार एजेन्सी एपीका अनुसार उनको मृत्यु कुनै आकस्मिक कारणले भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले लेखे अनुसार इभानालाई न्युयोर्कमा उनको घरको सिँढी नजिकै भेटिएको थियो । उनी लडेको हुनसक्ने आशंका गरिएको छ ।

डोनल्ड र इभाना सन् १९८० देखि १९९० को दशकसम्म न्युयोर्कका चर्चित व्यक्तित्व थिए र उनीहरुको सम्बन्धविच्छेदको खबरले निकै चर्चा पायो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal