आज :

काँग्रेस नेतृ पुष्पा भुसाल उपसभामुख बन्ने पक्का, आज मनोनयन, शुक्रबार ३ बजे मतदान 

  • अनलाइन डबली

काठमाडौं । नेपाल काँग्रेस नेतृ पुष्पा भुसाल उपसभामुख हुने भएकी छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार भुसाललाई काँग्रेसले उपसभामुखको उम्मेदवारी बनाउने निर्णय गरेको थिइो । उपसभामुख चयन प्रक्रिया सुरु भएर भोली (शुक्रबार) सकिनेछ ।

प्रतिनिधि सभाका उपसभामुख चयनको लागि संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन र मतदान पनि आजै हुनेछ । त्यस्तै शुक्रबार अपराह्न ३ बजेको बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ ।

तत्कालिन नेकपाको बेला २०७६ माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । प्रतिनिधिसभाको सभामुख र उपसभामुख एउटै पार्टी र लिङ्गको हुन नपाइने संवैधानिक व्यवस्था अनुसार तत्कालिन नेकपाले उपसभामुखको चुनाव गराएको थिएन् । नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । पछि उनलाई मन्त्री पनि बनाइएको थियो ।

गठबन्धन दला नेपाली काँग्रेस ६१, नेकपा माओवादी केन्द्रको ४९, नेकपा एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१ र राष्ट्रिय जनमोर्चाको १ गरी १५५ मत छ भने नेकपा एमालेको ९८ भएपनि कतिले एमाले उम्मेदवारलाई अरु कुन दलले समर्थन गर्ने भन्ने खुलेको छैन । सत्ता गठबन्धनको मतअनुसार भुसाल उपसभामुख हुने पक्का भएको हो ।

यसअघि नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । अहिले भुसाल काँग्रेसको सचेतक छन् ।

सत्ता गठबन्धन भन्दा बाहिर रहेको लोसपा पनि सत्ता गठबन्धनसँगै नजिक छ तर लोसपाले एमालेलाई साथ दिँदा पनि गठबन्धनकै उम्मेदवार भुसालले जित्ने निश्चित जस्तै छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal