आज :

काठमाडौंमा घरभित्रै पसेर चितुवाको आक्रमण, भट्टराई परिवारका ५ जना घाइते, थप विवरणसहित

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् ।

गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू सामान्य बोल्न सक्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ ।

उता रुकुम पश्चिममा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । बाँफीकोट गाउँपालिका–७, का आशिराम खत्रीको परिवारका ५ जना बिरामी भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

बिरामी हुनेमा ३६ वर्षीय आशिराम सहित उनकी श्रीमति २६ वर्षीया कुमारी खत्री, ६ वर्षीय छोरा शेरबहादुर, ३ वर्षीया छोरी धनमाया र १४ वर्षका भान्जा निमबहादुर खत्री छन् ।

मंगलबार बेलुका च्याउ खाएका उनीहरू बुधबार बिहान बिरामी भएपछि उनीहरूलाई जिल्ला अस्पताल सल्यमा ल्याइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।

बिहान बेहोस अवस्थामा भेटिएका उनीहरु सबैको उपचारपछि होस खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal