
काठमाडौं । फेरि काठमाडौंमा चितुवाले आक्रमण गरेको छ । बुधबार राति काठमाडौंको भीमढुङ्गामा चितुवाले आक्रमण गरेको हो । प्रहरीका अनुसार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गास्थित पन्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो ।
भीमढुङ्गाको हर्सनखोलामा रहेको भट्टराईको घरमा पसेर चितुवाले ४९ वर्षीय भट्टराईसहित परिवारका अन्य सदस्यहरुमाथि आक्रमण गरेको थियो ।
चितुवाले पहिले पन्चकुमारमाथि आक्रमण गरेको र छुटाउन होहल्ला गर्दा अन्य सदस्यहरुमाथि पनि हमला गरेको बताइएको छ । आक्रमणमा परी उनी सबैभन्दा धेरै घाइते भएका छन् भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।
घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । शरीका विभिन्न ठाउँमा चोट लागेको र सबैको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले बताएको छ ।