आज :

निवास छोडेर भागेका श्रीलंकाली राष्ट्रपतिले अज्ञात स्थलबाट बल्ल दिए यस्तो निर्देशन, अब के हुन्छ ?

  • अनलाइन डबली

काठमाडौँ । अज्ञात स्थलमा रहेका श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले आइतबार बिहान अधिकारीहरूलाई ग्यास वितरण गर्न निर्देशन दिएका छन्।

शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गर्नुअघि नै उनी भागेका थिए। राजापाक्षे कहाँ छन् भन्ने अहिलेसम्म थाहा छैन।

श्रीलंकाली अनलाइन न्युजवायरका अनुसार उनको सचिवालयले आइतबार बिहान एउटा वक्तव्य जारी गरेको छ। उक्त वक्तव्यमा खाना पकाउने ग्यास तत्काल वितरण गर्न निर्देशन दिइएको छ।

वक्तव्यमा जनाइएअनुसार यस महिनाका लागि ल्याउन लागिएको ३३ हजार मेट्रिक टन एलपिजी ग्यासमध्ये पहिलो लटको ग्यास आइतबार र सोमबार श्रीलंका आइपुग्नेछ।

मंगलबारदेखि ग्यास हिसाबले वितरण हुने वक्तव्यमा उल्लेख छ। सरकारी अधिकारीहरूले राजापाक्षे कहाँ छन् भन्नेबारे खुलाउन चाहेका छैनन्।

राजापाक्षेले आउने बुधबार राजीनामा दिने बताएका छन्। आइतबार पनि प्रदर्शनकारीहरू राष्ट्रपति निवासमै छन्। आर्थिक संकटमा फसेको टापु मुलुक श्रीलंकामा शनिबार प्रदर्शनकारीहरू राष्ट्रपति निवासभित्र छिरेका छन्।

महिनौंदेखि राष्ट्रपति गोटवाया राजापाक्षे सरकारविरूद्ध आन्दोलन गरिरहेका प्रदर्शनकारीहरू शनिबार कोलोम्बोस्थित राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका हुन्।

हजारौंको संख्यामा प्रदर्शनकारीहरूले आफ्नो निवास घेर्नुअघि नै राष्ट्रपति राजापाक्षे भागिसकेका थिए। उनी कहाँ छन् भन्ने अहिलेसम्म खुलाइएको छैन।

प्रदर्शनकारीहरू भने आइतबार पनि राष्ट्रपति निवासमा पुगेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूमध्ये केहीले आइतबार दिउँसोको खानामा पनि त्यहीँ खाएका छन्।

चरम आर्थिक संकटसँग जुधिरहेका श्रीलंकालीहरूले राष्ट्रपति कार्यालयभित्र जे गरिरहेका छन् त्यसले एकातिर उनीहरू त्यहाँभित्रको सुविधाको उपभोग गरेको देखिन्छ भने अर्कातिर उनीहरूले हास्यास्पद क्रियाकलाप पनि गरेका छन्।

जसका रोचक तस्बिर तथा भिडिओहरू बाहिर आएका छन्। प्रदर्शनकारीहरू राष्ट्रपति निवासमा प्रवेश गरेको केहीबेरमै केही तस्बिरहरू बाहिरिए। जसमा उनीहरू स्विमिङ पुलमा पौडी खेलिरहेका देख्न सकिन्छ।

प्रदर्शनकारीहरूले राष्ट्रपति भवन भित्रको भान्सा पनि प्रवेश गरे। आफैंले खाजा पकाएर खाए। केहीले जिम पनि गरे, कतिपयले बाथरूममा गएर नुहाए पनि।

केही प्रदर्शनकारीहरू भने लम्पसार सुतेर टेलिभिजनमा समाचार हेरिरहेको भिडिओ र तस्बिर पनि सार्वजनिक भएका छन्। एक प्रदर्शनकारीले भनेका छन्,‘राष्ट्रपतिज्यू, धन्यवाद! म तपाईंको खाटमा सुतिरहेको छु, यो निक्कै आरामदायी छ।’

त्यसैगरी राष्ट्रपति भवनमा भएका बेडमा सुत्नेदेखि रेस्लिङसमेत खेलेको पनि देखिएको छ। प्रदर्शनकारीहरूले बंकरमा प्रवेश गर्ने सिक्रेट ढोकासमेत पत्ता लगाएर भित्र प्रवेश गर्न भ्याएका छन्।

यस्तै उनीहरूले पियानो बजाएर नाचगान गरिरहेको समेत देखिन्छ। भवनभित्र एक जना गोरा मानिसलाई लिएर इन्टरनेशनल मनिटरी फन्ड (आइएमएफ) सँग श्रीलंका सरकारले गरिरहेको वार्ताको नक्कल गरिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal