आज :

आज यी ठाउँमा चट्याङसहित बर्षा हुने, मौसमविद्ले दिए यस्तो सुझाव

  • अनलाइन डबली

काठमाडौं । मनसुनी वायुको प्रभाव देशभर परेको छ । केही दिनदेखि कुनै क्षेत्रमा हल्ला र कुनै क्षेत्रमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ।

महाशाखका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र एक- दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ र बाँकी भू-भागका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

शनिबार पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशभर मनसुन सुरु भइसकेकोले बाढी-पहिरो हुन सक्ने भन्दै मौसमविद्ले सतर्क रहन भनेका छन् । पहिरो तथा बाढीले राजमार्ग अवरुद्ध हुन सक्ने भएकोले सचेत रहेर यात्रा गर्न समेत मौसमविद‍ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal