आज :

नेपलमा ह्वातै बढ्यो कोरोना, आज एकैदिन यति धेरै संक्रमण पुष्टि

  • अनलाइन डबली

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका सङ्क्रमित मध्ये सबैभन्दा बढी काठमाडौँका ४३ जना रहेका छन् । त्यस्तै ललितपुरमा ७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ भने २४ घण्टाको अवधिमा २० जना डिस्चार्ज भएका छन् । यद्यपि, सो अवधिमा कसैको पनि मृत्यु भने भएको छैन ।

उता भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट फेला परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा १० वटा राज्यमा बीए.२.७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो ।

इजरायलका वैज्ञानिक डा. शाय फ्लिशोनका अनुसार यो भेरियन्टले कस्तो असर देखाउँछ भन्ने अहिले नै भन्नु हतारो हुने बताएका छन् । उता इम्पेरियल कलेज अफ लण्डनका वैज्ञानिक थोमस पीककले यो नयाँ सब–भेरियन्टमाथि नजिकबाट निगरानी बढाउनुपर्ने जिकिर गरेका छन् ।

हालसम्म भारतसहित ८ देशमा ओमिक्रोनको यो नयाँ सब भेरियन्ट पुष्टि भएको छ । २ जुलाईसम्म महाराष्ट्र, पश्चिम बङ्गाल, दिल्ली, जम्मू कश्मीर, मध्य प्रदेश, तेलंगाना, उत्तर प्रदेश, हरियाणा, कर्नाटक र हिमाचलमा यसका ६९ सङ्क्रमित फेला परेका छन् ।

विज्ञहरूले भाइरस कमजोर बन्दै गएपछि यसका नयाँ–नयाँ सब–भेरियन्ट आउनु स्वाभाविक भएको बताएका छन् । भारतमा हाल ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ पनि सक्रिय रहेको छ ।

पछिल्ला १४ दिनमा भारतमा दैनिक १० हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । सोमबार मात्र १३ हजार ८६ नयाँ सङ्क्रमित फेला परेका छन् भने २४ जनाको मृत्यु भएको छ । भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १२ हजार ७६१ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal