आज :

देशै हल्लाउनेगरी ५ दशमलव २ म्याग्निच्युडको भूकम्प, कहाँ हो केन्द्रबिन्दु ?

  • अनलाइन डबली

बेइजिङ । देशै हल्लाउनेगरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ ।

भूकम्पको गहिराई १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि सिनजियाङमा ४ दशमलव ३ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो । दुई महिनाअघि सिन्जियाङमा ५ म्याग्नेच्यिुडको भूकम्प गएको थियो ।

उता अष्ट्रेलियाको सिड्नीमा आएको मुसलधारे वर्षा र बाढीका कारण दशौँ हजार बासिन्दाहरूलाई घर खाली गर्न आह्वान गरिएको छ । सिड्नीको पश्चिमी भूभागमा सडक अवरुद्ध भएसँगै १८ निकासी आदेश घोषणा गरिएको छ भने चेतावनी बढे सम्भावना रहेको छ ।

यो जोखिमयुक्त आकस्मिक परिस्थिति हो, न्यू साउथ वेल्सका आकस्मिक सेवा मन्त्री स्टेफनी कुकले जानकारी दिइन् । अचानकको बाढी, खोला उत्पन्न बाढी र तटीय कटाव जस्ता विभिन्न क्षेत्रमा परेको असरका कारण हामी खतराको सामना गरिरहेका छौँ ।

मौसम विभागले केही क्षेत्रमा ३५० मिलिमिटर पानी परेको र नेपियन नदीबाट बाढीको सम्भावना बढेसँगै उनले चेतावनीको घोषणा गरिन् । विगत २४ घण्टामा आकस्मिक सेवाअन्तर्गत ८३ बाढी उद्धार कार्यक्रम सञ्चालन सम्पन्न भइसकेको उनले जानकारी गराइन् ।

विशेषज्ञका अनुसार जलवायु परिवर्तन र ल निनिया मौसम परिस्थितिका कारण बाढी आकस्मिक अवस्था जीर्ण बनेको हो । जब तीव्र गतिको हुरीले प्यासिफिकको तातो सतहको पानीलाई दक्षिणी अमेरिकाबाट बगाएर इन्डोनेसिया तर्फ लग्छ तब ल निनिया परिस्थितिको सृजना हुने गर्दछ ।

अष्ट्रेलियामा ल निनियाले वर्षा, साइक्लोन र दैनिक तापक्रममा गिरावट जस्ता समस्याको वृद्धि भएको छ । यता पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको शेरानी जिल्लामा आइतबार एक यात्रुवाहक बस खाल्डोमा खस्दा १९ यात्रुको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो घटना उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सिमानामा रहेको जिल्लाको दानासार क्षेत्र नजिकै भएको हो । तीव्र गति र वर्षाका कारण चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले थप मृत्यु हुने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ ।

देशको राजधानी इस्लामाबादबाट बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा जाँदै गरेको बसमा ३० भन्दा बढी यात्रु सवार थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal