
काठमाडौं । सरकारले ग्यासको खपत घटाउन इन्डक्सन चुलो प्रयोग गर्न भनेको छ । त्यसको लागि विद्यार्थीलाई निः शूल्क चुलो दिने कार्यक्रम पनि ल्याएको छ । तर बजारमा पाइने इन्डक्सन चुलो भने कमसल पाइने गरेका छन् ।
बाल्ट्रा ब्राण्डको इन्डक्सन चुलो बजारमा जताततै पाइने भएपनि त्यसमा केही समस्या देखिने गरेका छन् । दैनिक प्रयोगमा आउने सबैखाले विद्युत बस्तु बनाउने बाल्ट्राको इन्डक्सन चुलोमा आफै आगो लागेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
सामाजिक संजालमा शारदा शर्माले पोष्ट गरेको भिडियोमा बाल्ट्राको चुलोमा आगो बलिरहेको छ । यसरी किचनमा आगो लाग्यो भने घरमै आगलागीको सम्भावना रहन्छ । उक्त चुलो प्रयोगमा आएको दुई महिनामै जलेर बिग्रिएपछि काठमाडौंको महाराजगंजस्थित बिक्रीकर्ता सेल्सवेरीमा पुगे खरिदकर्ता । वारेन्टी कार्ड दिएपनि खरिदकर्तालाई सजिलै नसाटिएपनि दई दिन पछि दिएको चुलोमा आगलागी भएको बताइएको छ ।
श्री बालाजी होम प्रोडक्सन प्रा.लि. को उत्पादन अल्ट्रा ब्राण्डका अन्य बस्तुमा पनि समस्या देखिँदै आएका थिए । केही पहिले एकजना फेसबुक प्रयोगकर्ताले अल्ट्राको आइरन लगाउँदा कपडा नै जलेको पोष्ट गरेका थिए । त्यस्तै, एकजनाले पानी तताउने कित्ली नै जलेको, मसला पिस्ने मिक्सर जलेको घटना यसअघि नै सार्वजनिक भएका थिए ।
अहिले इन्डक्सन चुलोमा आगलागी भएपछि अब बाल्ट्राको समान किन्दा होसियार हुनुपर्ने अवस्था आएको सामाजिक संजालमा टिप्पणी भइरहेका छन् ।
शर्माले बाल्ट्राको जल्दै गरेको चुलोको भिडियो पोष्ट गर्दै लेखेकी छन्ः बाल्ट्राको इन्डक्सन जम्मा आज दुई महिना भएछ महाराजगन्जको सेल्सवेरीबाट ल्याएको। यही कम्पनीको चुलो बैशाख १३ गते लिएको १५ मा सबै जलेर बिग्रे पछि तेस्रोदिन चेन्ज गर्दिनु भन्दा बनाउन मिल्छ चेन्ज गर्न मिल्दैन भनेर बल्लबल्ल बाहिर राखेको बाहेक दिन मिल्दैन भन्दै डिस्प्लेकै पिस दियो सेल्सवेरीले र लिएर आएको आज चिया नपाक्दै आफै पाकेर सकियो। सेल्सवेरीले बेच्ने बाल्ट्रा डुब्लीकेट हो या बाल्ट्रा कम्पनिनै ? अनि दुइदिनमा बिग्रदा चेन्ज गर्न नमान्ने कस्तो अप्ठ्यारो कम्पनिको सामान बेच्छ सेल्सवेरीले ? बाल्ट्राको लुट हो या सेल्सवेरीको झुट ? दुर्घटनाबाट बचियो, बच्चाहरु मात्र घरमा भएको भए के हुन्थ्यो ? यस्तो पनि कम्पनी हुन्छ। सबै सचेत बनौं।