आज :

रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह फेरियो

  • अनलाइन डबली

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।

असार ८ मा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिएका थिए ।

उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुझाएको निवेदनमा भनिएको थियो, ‘स्वतन्त्र शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थितिको निर्माण हुनेछ ।

साथै यसले जनतामा भ्रम र अन्यौल उत्पन्न उत्पन्न गरी स्वतन्त्र शब्दको अर्थमै अपव्याख्या हुने अवस्था भएकोले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिनु हुन अनुरोध गर्दछौँ ।’

सोही स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट डम्बर शाहले स्वतन्त्र प्रतिको बढ्दो आकर्षणलाई मुठ्ठीमा कब्जा गर्ने दूषित मनसाय राखेर पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेको भन्दै पार्टी दर्ता नगर्न माग गरेका थिए । रवि लामिछानेले असार ७ मा नयाँ पार्टी घोषणा गरेर दल दर्ताका लागि सोही दिन निवेदन दिएका थिए ।

दल दर्तापछि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको छोटकरी नाम रास्वपा हुने र अंग्रेजीमा ‘नेश्नल इन्डेपेन्डेन्ट पार्टी’ संक्षिप्तमा ‘एनआइपी’ हुने बताए । पार्टीको नामका विषयमा पछि कानुनी प्रक्रिया अघि बढे सोहीअनुसार आफू पनि प्रक्रियामा अघि बढ्ने लामिछानेले बताए ।

लामिछानेले दल दर्तापछि अब जनताको बीचमा जाने बताए । उनले भने– ‘हाम्रो राजनीतिक पार्टी दर्ता भएको छ । अब जनता माझमा जानुपर्नेछ । केही कुरा मात्र भनेका छौँ, सबै कुरा भन्न बाँकी नै छ । औपचारिकता पाएपछि अब चरणबद्ध रुपमा हामी हाम्रा कार्यक्रम गर्दै जान्छौँ । विभिन्न भेलाहरु गर्दै पार्टीले आफ्नो कमिटी गठन गर्दै जानुपर्नेछ । ती कार्यहरुलाई हामी क्रमशः आवश्यकताअनुसार काम गर्र्दै अगाडि बढ्छौँ । आजबाट नै अझ बढी हाम्रो सक्रियता हुनेछ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal