आज :

चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धी विधेयक पारित हुन्छ- कानुन मन्त्री कोइराला

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसदको चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धी विधेयक पारित हुने बताएका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) समेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशन भित्रै पारित हुने बताएका हुन्।

६४ औं संसद् दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकता ऐन सम्बन्धी विधेयकमा धेरै विवाद रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताए।

राज्य व्यवस्था समितिमा समेत सो विधेयकमा देखिएका विवाद निरूपण नभएको भन्दै मन्त्री कोइरालाले त्यसमा साझा बनाएर बनाएर अघि बढ्न सरकार लागि परेको बताए।

‘नागरिकता ऐन अहिले सरकार, प्रमुख प्रतिपक्ष र सबै दलको प्रमुख सरोकारको विषय हो। यसलाई जसरी पनि यही अधिवेशनमा ब्रेक थ्रु गर्ने गर्ने कुरा सरकारले गरिरहेको छ र यसमा प्रमुख प्रतिपक्षी एकदमै सकारात्मक हुनुहुन्छ’, उनले भने, राज्य व्यवस्था समितिमा गएर पनि विवादसहितको डकुमेन्ट आएको छ। तर ती विषयमा पनि सिटिजनसिपजस्तो विषयमा हामीले विवाद गर्नु हुँदैन। त्यसैले साझा धारणा बनाएर यसलाई अघि बढाऔं भन्ने विषयमा सरकार छ र त्यसमा प्रमुख प्रतिपक्ष सहितका अरु साथीहरु धेरै सकारात्मक हुनुहुन्छ। यो चाँडै आउँछ।’

मन्त्री कोइरालाले संसदलाई प्रभावकारी बनाउन सांसदहरुले योगदान दिन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। केही सांसदलाई छोडेर भन्ने हो भने सांसदको उपस्थितिनै नभईदिँदा संसदले गर्नुपर्ने कानुन निर्माणको काममा ढिलाई हुन गएको उनको भनाई थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal